अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०३ | Colorodo: 14:18

तिवारीको हत्यामा संलग्न कुशवाह जेल चलान

बिआरटीनेपाल २०७५ वैशाख २८ गते ८:३९ मा प्रकाशित

काठमाडौँ, हिन्दु युवा सङ्घ नेपालका अध्यक्ष काशी तिवारीको हत्यामा संलग्न सियारामप्रसाद कुशवाह जेल चलान भएका छन् । विसं २०६७ असारमा पर्साको वीरगन्जस्थित अशोक बाटिकामा तिवारीको हत्यामा संलग्न कुशवाहलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बिहीबार पक्राउ गरी आज जेल चलान गरेको हो ।

बबिता तिवारीको जाहेरीमा कर्तव्य ज्यान मुद्धामा उच्च अदालत जनकपुरको फैसलाअनुसार सर्वस्वसहित जन्मकैदको सजाय ठहर भएपछि फरार रहेका ३४ वर्षीय कुशवाहलाई ब्यूरोको टोलीले बिहीबार काठमाडौँको शान्तिनगरबाट पक्राउ गरेको हो । कुशवाहलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेकामा अदालतको आदेशले कैद भुक्तानका लागि आज कारागार कार्यालय डिल्लीबजार पठाएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू