अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०८ | Colorodo: 14:23

‘भारतीय प्रधानमन्त्रीको भ्रमणबाट नेपाल–भारत सम्बन्ध प्रगाढ’

बिआरटीनेपाल २०७५ वैशाख २८ गते ७:५१ मा प्रकाशित

विराटनगर, नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणबाट दुई देशबीचको ऐतिहासिक सम्बन्ध अझ प्रगाढ हुने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण विशुद्ध सांस्कृतिक र धार्मिक भए पनि भ्रमणका समयमा विगतमा भएका सन्धिसम्झौता कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

नेता गच्छदारले भारतले नेपालको संविधानलाई मान्यता दिएको प्रष्ट पार्दै संविधानप्रति स्थानीय जनतामा रहेका केही असन्तुष्टि संसद्बाटै समाधान हुने धारणा व्यक्त गर्नुभयो ।

फरक प्रसंगमा नेता गच्छदारले पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो अधिकारको प्रयोग गरी उपसभापति, महामन्त्री र सहमहामन्त्री नियुक्त गरी जिम्मेवारी पूरा गरेको धारणा व्यक्त गर्नुभयो ।

उहाँले नेपाल लोकतान्त्रिक फोरमसँग विगतमा भएको सम्झौताअनुसार आगामी जेठ १५ गतेभित्र केन्द्रीय उपभापतिलगायत भातृसंगठन र वडादेखि केन्द्रीयस्तरसम्मका कार्यकर्ताहरुलाई काँगेसको विधानको धारा ५० को बाधा अड्काउफुकाउलाई टेकेर पद समायोजन गरिने बताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू