अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४९ | Colorodo: 10:04

वासिङ्टन डिसीको नेपाली दूतावासमा तिन हजार विदेशीको जमघट

खेम भट्टचन, वासिङ्टन डिसी २०७५ वैशाख २८ गते ७:१९ मा प्रकाशित

नेपाल घुम्न जानको लागी चाहिने पर्यटनजन्य जानाकारी लिनको लागी अमेरिकाको वासिङ्टन डिसी स्थित नेपाली दूतावासमा एकै दिन करिब तिन हजार विदेशीको जमघट गराएको छ ।

पासपोर्ट डिसी एराउंन्ड द वोर्ल्ड एम्बेसी टुर नाम गरेको संसारै भरीका दूतावासहरूले भाग लिने यस कार्यक्रममा संसारभरिका करिब एक सय बिस मुलुकका विदेशीहरू नेपाली दूतावास आएर नेपाल घुम्न जानको लागी आवश्यक पर्ने जानाकारी लिएको कुरा दूतावासका ईकोनोमिक काउन्सिलर कैलाश पोखरेलले बिआरटी नेपाललाई बताएका छन ।

नेपाल घुम्न जानको लागी आवश्यक पर्ने सम्पूर्ण कुराको जानाकारी दूतावासका कुमार श्रेष्ठले दिनभरि पावर पईन्ट मार्फत प्रस्तुत गरेको थिए । त्यसै गरी दूतावासकै प्राङ्गणमा टेन्ट टाँगेर विदेशीहरूलाई नेपाली खाना निःशुल्क चखाइएको थियो । संसारैभरीका विदेशीहरू दिनभरि लाइन लागेर नेपालको खाना कस्तो हुँदो रहेछ ? खुसी हुँदै चाखिरहेका थिए ।

नेपाल घुम्न जानको लागी आवश्यक पर्ने पर्यटनजन्य जानाकारी लिएर विदेशीहरूले नेपालको खाना खाई सकेपछि अमेरिकामा नेपाल चिनाउन दौरा सुरुवाल ढाका टोपीमा ढल्केका लोकनाथ तिवारी र खेम भट्टचनले पन्चे बाजाको क्यासेट घन्काएर आफू पनि नाच्दै विदेशीहरूलाई पनि नचाएको देखिन्थ्यो । नेपालको पन्चे बाजाको तालमा युरोप र अमेरिकाका महिलाहरू जानी नजानी नाचेर खुब मनोरञ्जन लिएको देखिन्थ्यो । हम्बेल भनिने २१ तोलाको सुनको माला र सुन भन्दा महँगो मुंगा सहित एक किलो ओजनको करिब ७०-८० लाख रुपियाँ पर्ने थकाली महिलाको बडो आकर्षक भेष भूषामा सजिएर आदिवासी जनजाति महिला नेत्री वोमेन्स लिडर अफ नेपाल कुसुम भट्टचन दूतावासको ढोकामा उभिएर विदेशीहरूलाई नेपालको भेषभुषा चिनाई रहेकी थिइन् ।

यो कार्यक्रमले नेपाली दूतावास आएका विदेशीहरू नेपाल घुम्न जानको लागी एकदमै आकर्षित भएर गएको कुरा दूतावासका फस्ट सेक्रेटरी चक्र सुवेदीले बिआरटी नेपाललाई बताए । नेपाली दूतावासका DCM उप नियोग प्रमुख जीवन राम श्रेष्ठ, ईकोनोमिक काउन्सिलर कैलाश पोखरेल, प्रथम सचिव चक्र सुबेदी, द्वितीय सचिव दीपक शर्मा, कुमार श्रेष्ठ, दिग बहादुर तामांग, तोरण महर्जन लगायत दूतावास परिवार बिहानै देखी साँझ सम्म खटेको देखिन्थ्यो ।

अमेरिका नेपाल सोसाइटीका पूर्व अध्यक्षहरू प्रेम संग्रौला, खेम भट्टचन, विष्णु कुमारी थापाहरूको सकृयातामा दश वर्ष पहिले अमेरिका नेपाल सोसाइटीले सुरु गरेको नेपाल चिनाउने यो कार्यक्रम हाल: नेपाली समुदायको सहयोग नलिएर नेपाली दूतावास आफैले आयोजना गर्ने गर्दछ र सिर्फ एक दिनको परिश्रमले थोरै खर्चमा धेरै विदेशीहरू समक्ष नेपाल चिनाउन सकिने सजिलो उपाय भएको अमेरिकामा यो नै सबैभन्दा ठुलो पर्यटनजन्य कार्यक्रम हो । 

प्रतिक्रिया