अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२८ | Colorodo: 03:43

छक्कापञ्जा ३ को छायाङ्कन शुक्रवार देखि सुरु

प्रदिप कार्की, काठमाडौँ २०७५ वैशाख २८ गते ६:५७ मा प्रकाशित

दिपकराज गिरी र दिपाश्री निरौलाको छक्कापञ्जा ३ को छायाङ्कन शुक्रवार देखि सुरु भएको छ । वैशाख २८ गते बिहान भक्तपुरस्थित सुर्यविनायकमन्दिरमा पुजाआजा गर्दै सोही ठाउँको वरपरबाट छायाङ्कन सुरु गरिएको हो । मुर्हतमा बरिष्ठकलाकार हरिवंश आचार्यले टिमलाई फिल्म सफल होस् भन्दै आशिष् दिए । 

छक्कापञ्जा ३ को छायाङ्कन राजधानी आसपास सहित चित्लाङ, दमैली र बाग्लुङमा गरिने निर्देशक दिपाश्री निरौलाले बताइन् । ४५ दिनमा सुटिङ सक्ने योजना बनाएका छौँ, तेस्रो पटक निर्देशनमा उत्रिएकी दीपाश्रीले भनिन्, दर्शकले चुनौती थपिदिनु भएको छ ।

टिम मिलेर राम्रो फिल्मबनाउने प्रयास गर्छौँ । यता अभिनेता, लेखक तथा निर्माता दिपकराज गिरीले छक्कापञ्जा ३ मा नायिका दीपिका प्रसाईंको आगमन बारे प्रष्ट्याए । कथाले मागेपछि हाम्रो टिममा दीपिकाको आगमन भएकोहो, दीपकले भने, दर्शकले पनिछक्का पञ्जामा नयाँजोडी हेर्न चाहिरहनु भएको थियो ।

छक्का पञ्जाटिमसँग काम गर्न पाउँदा ऐश्वर्य डेव्यु नायिका दीपिका पनि दङ्ग देखिइन् । यो टिमसँग कामगर्न पाउँनु मेरो लागि ठुलो कुरा हो, दीपिकाले भनिन्, म माथि विश्वास गरिदिनु भएकोमा दिपकदाई र दीपादिदी प्रति आभारी छु । यस्तै मंगलममा दर्शक रुवाएका नायक पुष्प खड्काले छक्का पञ्जा ३ मा दर्शक हँसाउने बताए । दीपिकासँगै पुष्पको पनि छक्कापञ्जा ३ आगमन भएको हो ।

आमा सरस्वती मुभिज प्रा.लि तथा आइएमईको प्रस्तुति रहेको फिल्म छक्का पञ्जा ३ मा दीपकराज, दीपिकासँगै जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, निर शाह, किरण केसी, शिवहरी पौडेल, जयनन्द लामा, अनुरागमान सिंह कुँवर, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, वसन्त भट्ट, पुष्प खड्का र प्रियंका कार्कीको अभिनय रहनेछ । जितु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको फिल्ममा सुमन गिरी भान्जा, किरण केसी, शिवहरी पौडेल, पुरुषोत्त मप्रधान, ताराचन्द्र बजगार्इ दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माताको रूपमा छन् ।

फिल्ममा अर्जुन पोखरेल र दीपक शर्माको सङ्गीत रहनेछ भने छायाङ्कन पुरुषोत्तम प्रधानले गर्नेछन् । छक्का पञ्जा ३ को कथा दिपकराज गिरीको हो । संवाद लेखनमा दीपकसँग जितु नेपाल, केदार घिमिरे र यामन श्रेष्ठले सहकार्य गरेकाछन् ।

दीपक राज गिरी ( हामीले यसकै सेरिजलाई निरन्तरता दिइरहेका छौ , किनकि दर्शकले यसलाई रुचाउनु भएको छ । फिल्ममा हामीले सोसल कथालाई मनोरन्जनात्मक शैलीमा प्रस्तुत गर्ने गर्छौ । फिल्ममा यस पटक पनि यस्तै यस्तै छ। हाम्रै कथालाई हामीले दर्शकको रुचि अनुसारको प्रस्तुतिमा पस्किनेछौ। यस पटक हामीले केही नयाँ सदस्य पनि थपेका छौ । हामी टिममा विश्वास गर्छौ , यसैले गर्दा निर्माणमा हाम्रो टिम बढ्दै छैन बलियो हुँदैछ । फिल्म आउँदो फूलपातीमै रिलिज हुनेछ।

दीपाश्री निरौला ( दर्शकको माया जति बढ्छ त्यति नै जिम्मेवारी पनि बढ्छ त्यस्तै बोध भएको छ। यसमा हामी अझै परिपक्व हुदैछौ । फिल्मलाई टिमले बलियो बनाउने हो त्यसैले मेहनत गरेका छौ । शुक्रवार मुहुर्त भएसँगै हामीले छायाङ्कन प्रारम्भ गरेका छौ। फिल्मको कथावस्तु अघिल्लो पटक झैँ सस्पेन्स नै राख्छौ तर मनोरञ्जन भने डबल हुने ग्यारेन्टी गर्न चाहन्छु । 

 

सम्बन्धित सामग्रीहरू