अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१४ | Colorodo: 03:29

नेपाल अमेरिका पत्रकार सङ्घ, नेजाको सदस्यता खुला

बिआरटीनेपाल २०७५ वैशाख २८ गते ६:४२ मा प्रकाशित

विगत एक दशकदेखि उत्तर अमेरिका क्षेत्रमा रहेका नेपाली सञ्चारकर्मीहरूको साझा संस्था नेपाल अमेरिका पत्रकार सङ्घ, नेजाको आगामी जुलाई महिनाको २१ र २२ मा हुन गैरहेको छैटौँ अधिवेशनमा हार्दिक स्वागत गर्दछौँ । नेजाको विद्यमान विधान अनुसार अधिवेशनको एक महिना अगावै अर्थात् आगामी मे ३१, २०१८ भित्र सदस्यताको नविकरण तथा नयाँ सदस्यता प्राप्त गरिसक्नु पर्ने भएकोले सदस्यता खुला गरिएको जानकारीसहित यो सूचना प्रकाशन गरिएको छ ।

तसर्थ नेजाको विधान अनुसार सदस्यता लिन एवं नविकरण गर्नको लागि सम्पूर्ण सदस्यहरूमा हार्दिक अनुरोध गरिन्छ । जनवरी ७, २०१७ मा बसेको कार्यसमिति बैठकले नेजा सचिवको संयोजकत्वमा पाँच जना क्षेत्रीय संयोजकहरू सदस्य रहनेगरी एक समिति गठन गरी जिम्मेवारी सुम्पिएको छ । नेजाको विधान अनुसार अधिवेशनको एक महिना पहिले नै सदस्यता लिईसकेको,नवीकरण गरिसकेको र सदस्यता शुल्क तिरिसकेको सदस्यले मात्र आफ्नो मताधिकार प्रयोग गर्न,उम्मेदवार बन्न वा समर्थक, प्रस्तावक बस्न पाउनेछ ।

त्यसैले नयाँ सदस्यताको लागि मिडियामा प्रकाशित एवं प्रसारित दुई वटा समाचार सामाग्री तथा लेखसहित आफ्नो विवरण खुलाएर सदस्यता आवेदन गर्नुहुन अनुरोध छ । तपाईँले नयाँ सदस्यता लिन तथा नविकरणको लागि संस्थाको वेभसाईट http://www.neajausa.org/associate-and-general-member-form/ मार्फत् पनि अनुरोध गर्न सक्नुहुनेछ ।

नेजाको सदस्यता शुल्क
नविकरण शुल्क : ५० डलर (दुई वर्षका लागि)
नयाँ सदस्य : ७५ डलर (दुई वर्षका लागि)
आजीवन सदस्यता शुल्क : ३०० डलर

नयाँ सदस्यता तथा नविकरणको लागि लिङ्क;
http://www.neajausa.org/associate-and-general-member-form/

यस लिङ्कमा फारम भरेर सबमिट गरेपश्चात् पेपलको लिङ्क आउँछ, सो मार्फत पेपल एकाउन्ट वा डेबिट वा क्रेडिट कार्डबाट सिधा पैसा तिर्न सकिने छ । विधान बमोजिम योग्यता पुगेका व्यक्तिले आजीवन सदस्यताको लागि आवेदन दिने लिङ्क;
http://www.neajausa.org/life-members-form/

यस लिङ्कमा फारम भरेर सबमिट गरेपश्चात् पेपलको लिङ्क आउँछ, सो मार्फत पेपल एकाउन्ट वा डेबिट वा क्रेडिट कार्डबाट सिधा पैसा तिर्न सकिने छ ।

प्रतिक्रिया