अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२५ | Colorodo: 06:40

मोदीको स्वागतमा जनसागर जनकपुरतर्फ

बिआरटीनेपाल २०७५ वैशाख २७ गते २२:४३ मा प्रकाशित

गौशाला, नेपाल भ्रमणको सिलसिलामा जनकपुरधाममा आज आउन लाग्नुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि महोत्तरी जिल्लाबाट जनसागर जनकपुरतर्फ उर्लिएको छ ।

मोदीको स्वागतका लागि महोत्तरी जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिका गरी १५ वटै स्थानीय तहबाट हजारौँको सङ्ख्यामा नेपाली जनता जनकपुरधामतिर लागेका छन् । महोत्तरीको प्रत्येक स्थानीय तहबाट ८/१० वटा बस, दर्जनभन्दा बढी जिप, कार र सयौँ मोटरसाइकल जनकपुरतर्फ प्रस्थान गरेका छन् ।

दुई दिनअघि प्रदेश नं २ का गृहमन्त्री ज्ञानेन्द्रकुमार यादवले मोदीको स्वागतका लागि महोत्तरीका प्रत्येक पालिका प्रमुखलाई अनिवार्य उपस्थित हुन र जनसागर ल्याउन निर्देशन दिएअनुसार नै महोत्तरीबाट हजाराँैको सङ्ख्यामा मानिसहरू आज एकाबिहानै जनकपुरधामतर्फ लागेका छन् ।

आज बिहानैदेखि महोत्तरीका प्रत्येक सडकखण्डमा जनकपुर जाने सवारीसाधन र व्यक्तिको ठुलो भीड लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू