अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५७ | Colorodo: 06:12

नेपाल अमेरिका साहित्य सङ्गीत प्रतिष्ठानको चौथो कार्यक्रम आइतबार हुँदै

बिआरटीनेपाल २०७५ वैशाख २७ गते १२:४३ मा प्रकाशित

साहित्य सङ्गीत कला र भाषा क्षेत्रको अभिवृद्धिमा योगदान पुर्‍याउने मनसाय अनुरूप गठन गरिएको नेपाल अमेरिका साहित्य सङ्गीत प्रतिष्ठानले सुन्ने र सुनाउने कार्यक्रमलाई अब चौथो भाग गर्ने भएको छ । साहित्य सङ्गीत कलाको एउटा साझा मञ्च बन्ने उद्देश्य अनुरूप प्रतिष्ठान अघि बढ्न कोसिसरत गर्दैछ ।

कुनै सङ्घ संस्था वा व्यक्ति विशेष कुनै पूर्वाग्रह नराखी बिशुद्ध रूपमा प्रतिभाको कदर र साझा मञ्चको अवधारणामा अभिप्रेरित यो संस्था सबैको साझा मञ्च हो । यसै अनुरूप उक्त प्रतिष्ठानले आगामी आईतवार मे १३ तारिख दिनको ३:३० बजे चौथो कार्यक्रम राखेको जानकारी बिआरटी नेपालले प्राप्त गरेको छ । उक्त सुन्ने सुनाउने कार्यक्रममा सके आफ्नो सिर्जना सहित नभए सुन्नको लागि सम्पूर्ण नेपाली भाषा साहित्य सङ्गीत अनुरागी, बौद्धिकवर्ग, समाजसेवी तथा पत्रकार, संघसस्थाका पदाधिकारीहरूमा प्रतिष्ठानले उपस्थितिको अपेक्षा राखेको छ ।

मिति: मे १३, २०१८ आइतबार

स्थान :
10211 ura lane
Thonton 80260

समय: दिनको ३:३० बजेदेखि ५:३० बजेसम्म

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू