अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४७ | Colorodo: 10:02

मदर्स डेमा अमेरिकन संस्थासँग मिलेर नेपाली संस्थाले वासिङटन डिसीमा कार्यक्रम गर्दै

बिआरटीनेपाल २०७५ वैशाख २७ गते १२:३३ मा प्रकाशित

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्टन डिसी मेट्रो कमिटीले Universal Peace Federation, USA सँग मिलेर अमेरिकामा एउटा विशेष कार्यक्रम गर्न लागेका छन् ।

संसार प्रसिद्ध द वासिङ्टन टाईम्सका अध्यक्ष तथा युनिभर्सल पिस फेडेरेसनका अन्तर्राष्ट्रिय अध्यक्ष Mr.Thomas McDevitt को प्रमुख आतिथ्यमा हुँदैछ । मेकडेभिट आँफैलेनै आमा दिवस, विश्व शान्ति, वैवाहिक जीवनको सफलता, पारिवारिक मूल्य मान्यता, नैतिकतामा आधारित कार्यपत्र पेस गर्नुहुने छ । केही अमेरिकी विशेष पाहुनाहरूको साथमा हुन गैरहेको उक्त महत्त्वपूर्ण कार्यक्रममा अमेरिका र अन्य देशका गरी केही अन्तर्राष्ट्रिय व्यक्तित्वहरू सहभागी हुनुहुने कुराको जानकारी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्टन डिसी च्याप्टर अध्यक्ष राम प्रसाद खनालले बिआरटी नेपाललाई दिए ।

उक्त कार्यक्रममा नेपाली समाजका करिब एकसय पच्चिस अगुवाहरु पनि सहभागी हुने भएका छन् । सो अवसरमा नेपाली संस्कृति झल्किने गरी संक्षिप्त सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने छ ।सम्भव भए सम्म नेपाली पोसाकमा पाल्नु हुन भन्दै सीमित व्यक्तित्वहरूलाई मात्र निमन्त्रणा गरिएको उक्त कार्यक्रममा निमन्त्रणा गरिएका र मे ७ तारिख भित्रै कन्फर्म गरिसकेका बाहेकलाई अरूलाई प्रवेश गराउन असमर्थ हुने आयोजक संस्था अनेसास डिसी मेट्रो कमिटीका महासचिव भूपनारायण घर्तिमगरले सम्बद्ध सबैलाई जानकारी गराए । 

नेपाली भाषा ,साहित्य, कला तथा संस्कृतिको संरक्षण, सम्वर्द्धन तथा विकास गर्दै अमेरिकी समाज र अन्तर्राष्ट्रिय संस्थाहरू सँग हातेमालो गरी अमेरिकी समाजमा चिनाउँदै समाजको अभिन्न अङ्ग बनाउने तपाईँ हाम्रो प्रयास, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्टन डिसी मेट्रो कमिटी र अन्तर्राष्ट्रिय कलाकार मञ्च दुवै संस्थाका प्रयास, सँगसँगै बिश्वशान्तिका निम्ति कार्यरत Universal Peace Federation सँग सम्बन्ध राख्ने गरी Mother’s Day को उपलक्ष्यमा आमा दिवस, विश्व शान्ति, वैवाहिक जीवनको सफलता, पारिवारिक मूल्य मान्यता, नैतिकता जस्ता अति महत्त्वपूर्ण विषयमा विषयमा केन्द्रित भई कार्यक्रमको आयोजना गर्न गैइरहेको र यो कार्यक्रमलाई हामीले नयाँ प्रयोग को रूपमा पनि हेरेको ब्यहोरा यहाँहरूलाई सहर्ष जानकारी गराउदछौं” आयोजक संस्था अध्यक्ष खनालले बताए ।

May 13th, 2018, साँझ 5:00 बजे Best Western Hotel 10820 Balls Ford Road Manassas, Virginia 20109 मा आयोजित उक्त कार्यक्रमको नेपाली समाजका लागि नौलो हुने छ । यस अघि कहिल्यै पनि आमा दिवस, विश्व शान्ति, वैवाहिक जीवनको सफलता, पारिवारिक मूल्य मान्यता, नैतिकतामा आधारित यस प्रकारको कार्यक्रम नभएको Universal Peace Federation का शान्ति राजदूत समेत रहेका आयोजक खनालले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू