अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२९ | Colorodo: 07:44

नेपाली हरर्र गीतका गायक समीर हमालको नयाँ आयाम

श्याम स्‍मृति,काठमाडौँ २०७५ वैशाख २७ गते १०:३१ मा प्रकाशित

नेपाली पप तथा आधुनिक सङ्गीतमा हालसम्म हरर्र यानि डरलाग्दो भूतको शैलीको गीत छैन। यसप्रकारको गीत पनि आवश्यकता भएको र गाउन सकिन्छ भन्ने अवधारणा सहित प्रमाणित गर्ने कार्य गायक समीर हमालबाट भएको छ। त्यो शैलीको गीत नेपालीमा एक दशक अगाडि नै गाएर गायक हमालले विकास गरेको खुलासा भएको हो।

हरर्र गीत गाएर एक दशक अगाडि देखि चुप बसेका गायक हमालले त्यो बेला खुलाउन नसकेपनि हाल आएर खुलाएका छन्। चाँडै नै एक दशक अगाडि नै रेकर्ड भएको त्यस हरर्र गीतको भिडियो बनाउने तयारीमा गायक हमाल रहेका छन्। संभवत नेपालको पहिलो हरर्र गायकको रूपमा देखा परेका गायक हमालले गाएको हरर्र गीतको बोल नै माया गर्छु म रहेको छ।

गीत गायनमा बेखबर भएर गीत गाउँदै आएका गायक हमाल विगत डेढ दशक अगाडिबाट क्रियाशील हुँदै आएका गायक हुन्। हमालको पछिल्लो एल्बम थर्ड मन्त्रले विश्वलाई नै आकर्षित बनाएको छ। मन्त्रमा आधारित सङ्गीतको सिर्जना गरेर नयाँ आयाम थपेका गायक हमालको थर्ड मन्त्रले नेपाली तथा विदेशी सवैमाझ लोकप्रिय रहेको छ।

सङ्गीतमा हरपल नयाँपन तथा नयाँ कुराको सिर्जना गर्न रुचाउने गायक हमालको यही बानीको कारण सबैको प्रिय बन्दैगएका छन्। बिस्तारै स्लो मोसनमा अगाडि बढ्दैआएका हमालका अन्य हिट गीतहरूमा बितिजाने, यो स्वार्थी, सपनाहरू, तिमीलाई माया लगायतका गीतहरू रहेका छन्।

हमाल पचासको दशकको अत्यन्त हिट पप ब्यान्ड मेसेन्जर ब्यान्डका भोकलिष्ट तथा म्युजिक एरेञ्जर पनि हुन्। हमालले केही दिनअगाडि काठमाडौँको टुँडिखेलमा भव्य समारोह बिच भएको ओम विक्रम विष्ट सहयोग कार्यक्रममा पनि गीत गाएका थिए।

ओम विक्रम विष्टकै हिट गीत म मौनतामा अल्झेको एउटा जीवन बोलको गीत गाएर सबैको वाहवाही पाएका थिए। गीत–सङ्गीत रगत–रगत अनि नशा–नशामा बोक्दै हिडे्का गायक हमाल गायनलाई फरक कोण तथा ढङ्गबाट अगाडि बढाउने कोसिसमा रहेका छन्।

प्रतिक्रिया