अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०० | Colorodo: 04:15

सिंहदरबार परिसरमा सुर्तीजन्य पदार्थ निषेध

बिआरटीनेपाल २०७५ वैशाख २७ गते १०:२४ मा प्रकाशित

काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सिंहदरबार परिसरलाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गरी प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेको छ । सिंहदरबार परिसरमा सुर्तीजन्य पदार्थको बिक्री वितरण, ओसारपसार र प्रयोगमा बन्देज लगाउन र सोको प्रभावकारी कार्यान्वयन एवं अनुगमन गर्नेसम्बन्धी निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले आफ्नो मन्त्रालय परिसरमा यसअघि नै सुर्तीजन्य पदार्थको बिक्री वितरण, ओसारपसार र प्रयोगमा बन्देज लगाई त्यसको प्रभावकारी कार्यान्वयन भएको जनाएको छ । नेपालमा सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्री वितरण तथा सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्न सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ जारी भई कार्यान्वयनमा छ ।

सरकारले राजपत्रमा सूचना प्रकाशन गरी सार्वजनिक स्थल तोक्न र सो स्थानमा धूम्रपान तथा सुर्ती सेवनमा बन्देज लगाउन सक्ने व्यवस्था छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू