अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०४ | Colorodo: 19:19

नेपालको आर्थिक समद्धिको लागि ऊर्जा र सिँचाई नै मुख्य इन्जिन र मेरुदण्ड: मन्त्री पुन

बिआरटीनेपाल २०७५ वैशाख २७ गते १०:१० मा प्रकाशित

ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले नेपालको आर्थिक समद्धिको लागि ऊर्जा र सिँचाई नै मुख्य इन्जिन र मेरुदण्ड हुने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सले बिहीबार राजधानीमा आयोजना गरेको “ऊर्जा क्षेत्रको वर्तमान अवस्था र चुनौतीहरू” विषयक कार्यक्रममा उहाँले उक्त कुरा बताउनुभएको हो ।

परिवर्तित परिस्थितिमा नेपालले ऊर्जा क्षेत्रको आत्मनिर्भरताक लागि गर्नुपर्ने कामहरूबारे छलफल गर्न आयोजना गरिएको कार्यक्रममा मन्त्री पुनले यतिबेलाको जस्तो स्थायित्व र अधिकार जनताबाट यसअघि प्राप्त नभएको भन्दै ऊर्जा र सिचाईको विकासमा यो सयमलाई सुनौलो युगमा परिवर्तन गर्न सकिन्छ भन्नुभयो । विगतका उर्जामन्त्रीहरुले भने जस्तो “विपक्षीले काम गर्न दिइएन” भन्ने छुट वर्तमान उर्जामन्त्रीलाई नभएको भन्दै उहाँले ऊर्जा क्षेत्रमा आत्मनिर्भरता हाँशिल गर्ने अभियानमा निजी क्षेत्रलाई साथ दिन समेत अपिल गर्नुभयो । देश ऊर्जामा मात्रै आत्मनिर्भर भयो भने देशको करिब एक खर्ब व्यापार घाटा कम हुने र त्यसको सकारात्मक प्रभाव सबै क्षेत्रमा पर्दै राष्ट्रको ९.२५ को आर्थिक वृद्धि हाँशिल गर्ने महत्वाकांक्षा पुरा हुने कुरा समेत उहाँले उल्लेख गर्नुभयो ।

त्यसअघि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले हिजो मात्रै सार्वजनिक गरिएको स्वेतपत्रमा उल्लेख गरिएका कुराहरू पुरा गर्न निश्चित समय सीमा तोकेर कडाईका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

बङ्गलादेश, भारत, नेपाल नामक फोरमको अत्यधिक सदुपयोग गरी नेपालको ऊर्जा विकास र निर्यातमा देशले फड्को मार्न सकिने कुरा श्रेष्ठले राख्नुभयो । भारत र नेपालको ऊर्जा आवश्यकता र सङ्कटलाई ध्यानमा राखेर ऊर्जा बैङ्कको स्थापना गर्न समेत उहाँले सुझाव पेस गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू