अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:११ | Colorodo: 03:26

साङ्गीतिक आकाशमा गायक तथा गीतकारको रूपमा स्थापित हुँदै – मनोज सुतारी

सुर्य चन्द, काठमाडौँ २०७५ वैशाख २७ गते १०:०६ मा प्रकाशित

काठमाडौँ : नेपाली साङ्गीतिक क्षेत्रमा सम्भावनाका साथ प्रवेश गरेका नव गायक तथा गीतकार मनोज सुतारी बहु प्रतिभाका धनी सर्जकको रूपमा परिचित हुँदै गएका छन् l नेपाली गीत सङ्गीतलाई समृद्धतर्फ लैजानका लागि अनेक स्रष्टा लागि परेका छन् । नेपाली आधुनिक गीत–सङ्गीतमा प्रदत्त गायनदेखि आजको डिजिटल युग सम्ममा हजारौँ गायक–गायिका, सङ्गीतकार एवम् गीतकारले आफ्नो जीवन व्यतित गरिसकेका छन् । नेपाली गीत सङ्गीतको लामो समयको अन्तराल सँग सँगै निकै मिठा र सश्क्त स्वरका धनी गायक गायिका, गीतकार र सङ्गीतकारले यो क्षेत्रले पाएको छ । अहिले पनि यो क्षेत्रमा धेरैले आफ्ना क्रिएशनहरु प्रस्तुत गरिरहेका छन् । यस्तै यो क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउँदै गएका गायक तथा गीतकार हुन मनोज सुतारी l

टिकापुर कैलालीमा जन्मेर विगत एक वर्ष देखि काठमाडौँलाई कर्मथलो बनाउँदै साङ्गीतिक क्षेत्रमा स्थापित हुने क्रममा रहेका गायक तथा गीतकार मनोजले छोटो समयमा निकै ठुलो फड्को मारेका छन् l एक वर्षको अन्तरालमा करिब एक दर्जन गीतमा आफ्नो सुमधुर आवाज भरिसकेका गायक मनोजले दर्जनौँ गीतमा मिठा शब्द कोरिसकेका छन् l लोक गायन, पाश्र्व गायन र आधुनिक सबै खालका गीत गाउन र गीत लेख्न सक्ने क्षमता भएका तथा श्रोताको मन मष्तिकमा आफ्नो छुट्टै छवि बनाउन सफल गायक मनोज भविष्यमा नेपाली साङ्गीतिक क्षेत्रलाई नयाँ आयाम थप्ने करमा विश्वस्त छन् ।

चाडैनै नयाँ म्युजिक भिडियोहरू समेत लिएर आउन लागेका गायक तथा गीतकार मनोज भन्छन् ‘म निरन्तर गीत सङ्गीतको यात्रामा छु, अझै धेरै नयाँ नयाँ क्रिएशन श्रोता/दर्शकलाई पस्कनु छ, मलाई माया गरिरहनु भएको आम दर्शक श्रोताहरू प्रति आभारी छु l

सानै उमेर देखि गीत सङ्गीत प्रतिको लगान मोहले गर्दानै साङ्गीतिक क्षेत्रमा मेहनत र परिश्रम गर्दै चर्चा कमाउँदै गरेका गायक तथा गीतकार मनोज सुतारी जादुमय आवाजका धनी छन्, दर्जनौँ गीतहरूमा आफ्नो आवाज भरिसकेका मनोज मिलनसार सरल र हसिलो स्वभावका पनि छन् l नेपाली सुगम गीत सङ्गीतमा छुट्टै पहिचान बनाएर अगाडी बढ्दै गरेका गायक मनोज भन्छन् गीत सङ्गीत मेरो नशा नशामा छ l सङ्गीतलाई माया गर्ने हरेक नपालीहरुको रोजाइमा पर्दै गएका युवा गायक सुतारी थप्छन सबै नेपालीहरूको साथ र मायाको अपेक्षा गर्दै आगामी दिनमा सधैँ दर्शक श्रोताको माया साथ पाइरहने कुरामा विश्वस्त पनि छन् l

प्रतिक्रिया