अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१८ | Colorodo: 00:33

साउथ एसियन कन्ट्रिज एसएमई फोरमको नेतृत्वमा एफएनसिएसआई

बिआरटीनेपाल २०७५ वैशाख २७ गते ९:४४ मा प्रकाशित

काठमाडौँ । साउथ एसियन कन्ट्रिज एस.एम.ई फोरमको यसपटकको नेतृत्व आगामी दुई वर्षका लागि नेपाल घरेलु तथा साना उद्योग महासङ्घले लिएको छ । महासङ्घका निवर्तमान अध्यक्ष सुरेश प्रधान उक्त नेतृत्व लिनुभएको हो । 

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ (एफएनसिएसआई), भारतको फेडेरेशन अफ एसोसिएसन अफ कटेज एण्ड स्मल इन्डष्ट्रिज -एफएसिएसआई, बङ्गलादेशको नेशनल एसोसिएसन अफ स्मल एण्ड कटेज इन्डष्ट्रिज अफ बङ्गलादेश (एनएएससीआइबी) र भुटानको भुटान चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिको अगुवाईमा सन् २००५ मा भारतको कोलकतामा स्थापना भएको साउथ एसियन कन्ट्रिज एस.एम.ई. फोरमको नेतृत्व नेपाल घरेलु तथा साना उद्योग महासङ्घले लिएको हो । हालै काठमाडौँमा सम्पन्न तेस्रो सम्मेलनले फोरमको अध्यक्षमा महासङ्घका निवर्तमान अध्यक्ष सुरेश प्रधानलाई चुनेको हो । सम्मेलनमा भारत, बङ्गलादेश, श्रीलंकाका साना तथा मभौला व्यवसायीका छाता संस्थाका प्रतिनिधि र छिमेकी राष्ट्र चीनका साना तथा मझौला व्यवसायी पर्यवेक्षकको रूपमा उपस्थिति रहेको थियो । यसअघि फोरमको नेतृत्व सम्हालिरहेका बङ्गलादेशको नेशनल एसोसिएसन अफ स्मल एण्ड कटेज इन्डष्ट्रिज अफ बङ्गलादेश (एनएएससीआइबी) का अध्यक्ष मिर्जा नुरुल घानी सोभोन तेस्रो सम्मेलनबाट महासङ्घका निवर्तमान अध्यक्ष प्रधानलाई नेतृत्व हस्तान्तरण गर्नु भएको हो ।

फोरममा नेपाल र महासङ्घको तर्फबाट उपाध्यक्षद्घय शोभा गुरुङ्ग र शिवप्रसाद कट्टेललाई चयन गरेको छ । यसै गरी सदस्यहरूमा श्यामप्रसाद गिरी, मुकेश उपाध्याय, मोहन कटुवाल, डम्बरप्रसाद रेग्मी, महेन्द्रबहादुर चित्रकार, जानकी प्रधान, सदस्य एवं नेपाल च्याप्टरको प्रवक्तामा गौतम प्रसाद भुषाललाई चयन गरेको छ ।

फोरमको दोस्रो सम्मेलन सन् २०१६ को जनवरी महिनामा बङ्गलादेशमा सम्पन्न भएको थियो भने काठमाडौँमा हालै सम्पन्न तेस्रो सम्मेलनको मूल विषय ‘एक्सपाण्डिङ एमएसएमईज लिंकेज वियोण्ड द बोर्डर’ मा छलफल भएको थियो । 

फोरमको पहिलो बैठकले बैठकले नेपाल च्याप्टरको सचिवालय नेपाल घरेलु तथा साना उद्योग महासङ्घको केन्द्रीय कार्यालयमा राख्ने निर्णय गरेको छ । नेपालमा साना तथा मझौला उद्योग व्यवसायको क्षेत्रमा काम गर्ने इच्छुक सङ्घ संस्थाको प्रतिनिधिहरूलाई पनि नेपाल च्याप्टरमा सहभागी हुन आमन्त्रण गर्ने निर्णय पनि फोरमको पहिलो बैठकले गरेको छ । बैठकले सम्माननीय प्रधानमन्त्री, सम्बन्धित मन्त्रालयका माननीय मन्त्रीज्यूहरु, सम्बन्धित निकायहरू एवम् सार्क राष्ट्रका महामहिम राजदुतज्यूहरुसंग भेटघाट गरी फोरमका बारेमा जानकारी गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू