अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३४ | Colorodo: 03:49

गायक कटुवालको गीतमा सोनीका रोकायको हट अवतार (भिडियो सहित)

बिआरटीनेपाल २०७५ वैशाख २६ गते २०:१५ मा प्रकाशित

युट्युबमा आफ्नो छुट्टै पहिचान मार्फत चर्चामा रहेकी हट मोडल सोनीका रोकायको अभिनय रहेको हट म्युजिक भिडियो सार्वजनिक भएको छ ।पाली पप सङ्गीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका चर्चित गायक सुनिल कटुवालको ‘गाना बजा डिजे लगा’ बोलको भिडियो सार्वजनिक भएको हो ।

भीम विष्ट सिरिशको शब्द तथा सङ्गीत यस गीतमा राजेन्द्र भट्ट ‘मिस्टर आरजे’ को र्यापलाई समावेश गरिएको छ । गीतमा सोनीका रोकायको पनि स्वर रहेको छ । नरेन्द्र बियोगीले एरेन्ज गरेको गीतको भिडियोमा सोनीका हट अवतारमा प्रस्तुत भएकी छिन् । गीतमा सोनीका रोकाया,शङ्कर र जेनेरेशन क्रुलाई फ़िचरिङ्ग गरिएको छ । 

अस्ट्रेलियामा बसेरै लामो समय देखि निरन्तर गीत सङ्गीतलाई अगाडी बढाइरहेका सुनिल कटुवालको यो गीत चलचित्र निर्देशक सोभित बस्नेतले निर्देशन गरेका हुन् ।भिडियोलाई सुजन मार्फा तामाङले कोरियोग्राफी गरेका हुन् ।पवन सुस्लिङको छायाङ्कन रहेको भिडियोलाई द मोन्टागेले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया