अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५४ | Colorodo: 05:09

लसुन खादा के फाइदा हुन्छ ?

बिआरटीनेपाल २०७५ वैशाख २६ गते २०:०४ मा प्रकाशित

सीतापाइलाका रामप्रसाद पौडेल (६९) हिजोआज खुब लसुन खान थालेका छन् । केही वर्ष अघिसम्म बाहुन जातिले लसुन, प्याज हेर्नसम्म हुन्न भन्ने राम अहिले तरकारीमा मात्र हैन, पाएसम्म खाली पेटमा दुई पोटी लसुन चपाउन छुटाउँदैनन् ।

उनको तर्क छ, ‘लसुनले ग्याष्ट्रिक कम गर्ने मात्र होइन, स्वास्थ्यमा अनेकौँ फाइदा समेत पुर्‍याउँदो रहेछ’ ।

पौडेल जस्तै काठमाडौँ, पुरानो बानेश्वर निवासी सावित्री उपाध्याय समेत हिजो आज खाली पेटमा लसुन खाने गर्छिन् । चिकित्सक तथा छरछिमेकको सुझावमा लसुन खान थालेकी उनले लसुन खाएदेखि ग्याष्ट्रिक कम भएको महसुस गर्न थालेकी छिन् ।

रामप्रसाद र सावित्री त प्रतिनिधि पात्र मात्र हुन् । लसुनको फाइदा बुझेर दिनहुँ यसको सेवन गर्नेको जमात हिजोआज ह्वात्तै बढेको छ ।

कतिसम्म भने पाँच वर्ष अघिसम्म बाहुनको घरमा लसुन, प्याज छिराउन हुँदैन भन्नेहरू समेत अहिले दिनरात नभनी लसुनको सेवन गर्न थालेका छन् । लसुनले पेटको वायु कम गर्नुका साथै कोलेस्ट्रोल नियन्त्रण गर्नेदेखि हड्डी मजबुत बनाउनेसम्मको काम गर्छ । लसुनले उच्च रक्तचाप नियन्त्रण गर्नुका साथै रुघाखोकी निको पार्न समेत मद्दत गर्छ ।

लसुनको फाइदाका विषयमा अझै पनि धेरैलाई जानकारी छैन । मानिसहरूले लसुन स्वास्थ्यका लागि फाइदाजनक छ भन्ने त बुझेका छन्, तर यसले स्वास्थ्यमा कुन कुन तरिकाले फाइदा पुर्‍याउँछ भन्नेचाहिँ बुझ्न सकेका छैनन् । जसका कारण स्वाद तथा स्वास्थ्यका दृष्टिकोणले शरीरका लागि लसुन निकै उपयोगी हुँदाहुँदै पनि यसको सही सदुपयोग हुन सकेको छैन । 

आखिर, लसुनमा त्यसको के गुणु छ, जसले शरीरलाई स्वास्थ्य राख्न मद्दत गर्छ ?

लसुनका फाइदा
-लसुनमा एलिचिन नामक तत्त्व पाइन्छ, जुन औषधीको रूपमा प्रयोग गरिन्छ ।
-लसुनमा जति धेरै पोषणतत्व छ, त्यति नै क्यालोरीको मात्रा कम हुन्छ ।
-लसुनको सेवनले रुघाखोकी लगायतका बिमारी हटाउन मद्दत गर्छ ।
-उच्च रक्तचाप कम गर्छ ।
-कोलेस्ट्रोल नियन्त्रण गर्छ, जसका कारण मुटु रोग लाग्ने सम्भावना कम हुने गर्छ ।
-लसुनमा एन्टीअक्सिडेन्ट तत्त्व हुन्छ, जसले अल्जाइमर, डिमेन्सियाजस्तो रोग लाग्नबाट बचाउँछ ।
-आयु लम्ब्याउँछ ।
-शरीरमा रहेको मेटलयुक्त विषाक्त हटाउन मद्दत गर्छ ।
-हड्डीको विकासमा सहयोग पुर्‍याउँछ ।
-खानामा सजिलै समावेश गर्न सकिने लसुनको प्रयोगले खाना स्वादिष्ट बन्छ ।

अनलाइनखबरबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू