अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३८ | Colorodo: 12:53

आस्था आर्ट्स एकेडेमीको आयोजनामा सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

सुर्य चन्द, काठमाडौँ २०७५ वैशाख २६ गते १९:२८ मा प्रकाशित

आस्था आर्ट्स एकेडेमीको आयोजना तथा पेसा अभिकर्ता सङ्घ नेपाल, नेपाल लाइफ इन्स्योरेन्स क.लिई बालाजु शाखा समितिको सह आयोजनामा राष्ट्रिय नाच घर जमलमा विविध सांस्कृतिक कार्यक्रम, सम्मान तथा शुभकामना कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ l गोकर्णेश्वर नगरपालिकाकी उपमेयर शान्ति नेपालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विविध सांस्कृतिक कार्यक्रम, सम्मान तथा शुभकामना कार्यक्रममा नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्दले सभापतित्व गरेकी थिइन् l विशेष अतिथिमा नारायण प्रसाद शर्मा रहेका थिए भने अतिथिहरूमा ज्ञान बहादुर तामाङ, शङ्कर प्रसाद भट्ट, किरण बहादुर विष्ट तथा लक्ष्मण विक्रम बस्नेत लगायतका विभिन्न समाजसेवी व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो l

बरिष्ट समाजसेवी तथा बिमाबिज्ञ चन्द्र खड्कालाई प्रमुख अतिथि तथा अन्य अतिथिहरूको हात बाट आस्था आर्ट्स एकेडेमी द्वारा विशेष राष्ट्रिय सम्मान प्रदान गरेको उक्त कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड सांस्कृतिक प्रस्तुति रहेको थियो l उक्त कार्यक्रमलाई सिताराम विष्टले सञ्चालन गरेका थिए भने काष्टमण्डप टेलिभिजन बाट समेत प्रत्यक्ष प्रसारण गरिएको थियो l

प्रतिक्रिया