अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१९ | Colorodo: 00:34

महासङ्घ प्रदेश ५ को अध्यक्षमा मौसम रोका मगर

बिआरटीनेपाल २०७५ वैशाख २६ गते १९:२३ मा प्रकाशित

बुटवल,  नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकार महासङ्घलाई सङ्घीय ढाँचामा लगिएकाले अब त्यसलाई परिपक्व र बलियो बनाउनुपर्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ प्रदेश नं ५ का निर्वाचित समितिको पदस्थापन समारोहलाई बुधवार बुटवलमा सम्बोधन गर्दै उहाँले प्रदेश समिति अधिकारसम्पन्न भएको बताउनुभयो । उहाँले केन्द्रले नीतिगत काम गर्ने, प्रदेश समितिले सांगठनिक, प्रदेशका शाखा सञ्चालन गर्ने गरी आफ्ना गतिविधि अघि बढाउन र तत्काल जिल्ला समितिसँग समन्वय गरेर काम गर्नुपर्ने भन्दै नवनिर्वाचित समितिलाई नमुना काम गर्न सुझाव दिनुभयो ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष विपुल पोखरेलले महासङ्घले केन्द्र, प्रदेश र जिल्ला समितिले तहअनुसारकै सरकारसँग सहकार्य गरेर पत्रकारितालाई अघि बढाउनुपर्ने बताउनुभयो ।

नवनिर्वाचित २१ सदस्यीय प्रदेश समितिलाई प्रमुख अतिथि महासङ्घका अध्यक्ष आचार्य र निर्वाचन समितिका संयोजक डिआर घिमिरेले प्रमाणपत्र वितरण गर्नुभएको थियो । पदभार ग्रहण गरेपछि नवनिर्वाचित अध्यक्ष मौसम रोकाले सङ्घीय संरचनाको पहिलो कार्यसमितिले पत्रकार पेशागत हकहितमा समर्पित हुने गरी योजना निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यही वैशाख २२ गते भएको निर्वाचनमा प्रदेश ५ मा प्रत्येक पदमा एकजनाको मात्रै उम्मेदवारी परेपछि सर्वसम्मत नेतृत्व चयन भएको थियो । निर्वाचन समितिले भने बुधवार निर्वाचित भएको प्रमाणपत्र वितरण गरेको हो ।

महासङ्घ प्रदेशको अध्यक्षमा मौसम रोका मगर निर्वाचित हुनुभएको छ । यसै गरी, खुल्ला उपाध्यक्षमा भरत केसी, महिला उपाध्यक्षमा दीपा घर्ती, महासचिवमा भेषराज बस्नेत निर्वाचित हुनुभएको छ ।

यस्तै, सचिवमा शुक्रऋषि चौलागाईं, सचिव समावेशीमा सन्तोष दहित, कोषाध्यक्षमा गणेश बलि, खुल्लातर्फको सदस्यमा विक्रम खड्का, अशोककुमार खनाल, प्रेमनारायण आचार्य, नन्दराम पौडेल, शोभाकर पन्थी निर्वाचित हुनुभएको छ ।

यसै गरी, महिला सदस्यतर्फ खेमकुमारी पोखरेल (दिपु), सरु राना, सोनकली थारु, सदस्य दलिततर्फ शिवकुमार सुनार, आदिवासी जनजाति सदस्यमा लक्ष्मीमान चौधरी, जनजाति सदस्यमा सुशील श्रेष्ठ, मधेसी सदस्यमा मनोजकुमार श्रीवास्तव, रामविकास चौधरी र ओरिराम चौरसिया निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू