अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२० | Colorodo: 03:35

एसियाली खेलकुदका लागि कुस्ती खेलाडी छनोट

बिआरटीनेपाल २०७५ वैशाख २६ गते १९:१७ मा प्रकाशित

काठमाडौँ, सन् २०१८ को अगस्त १८ देखि सेप्टेम्बर २ सम्म इन्डोनेशियामा हुने १८ औँ एसियाली खेलकुद प्रतियोगिताका लागि कुस्ती खेलाडी छनोट भएका छन् ।

तीन पुरुष खेलाडी एसियाली खेलकुदलाई छनोट भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं छनोट समितिका संयोजक शान्ति सिंहले जानकारी दिनुभयो ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बुधवार भएको छनोट प्रतिस्पर्धाबाट ५७ केजीमा नेपाल प्रहरीका भागवत शाह, ६५ केजीमा पर्साका सरोज यादव र ७४ केजीमा कञ्चनपुरका सुरेश चुनारा छनोट भएका छन् । 

प्रतिक्रिया