अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२८ | Colorodo: 05:43

इरानसँगको परमाणु सम्झौताबाट अमेरिका अलग्गियो, यसको असर के पर्छ भन्ने विषयमा विश्वव्यापी चर्चा सुरु

बिआरटीनेपाल २०७५ वैशाख २६ गते १०:४८ मा प्रकाशित

वासिङ्टन, अन्ततः इरानसँगको परमाणु सम्झौताबाट संयुक्त राज्य अमेरिकाले अलग भएको घोषणा गरेको छ । अमेरिका अलग भएको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार साँझ गर्नुभएको हो । यो सम्झौता अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामाको कार्यकालमा गरिएको थियो । हाल आएर उक्त सम्झौता अमेरिकाका लागि अर्थपूर्ण नरहेको भन्दै अमेरिकाले अलग भएको घोषणा गरेको समाचारमा जनाइएको छ ।

अमेरिकासहित विश्वका शक्ति राष्ट्रहरू फ्रान्स, इरान, जर्मीनी र बेलायतबिच सन् २०१५ मा शान्तिको पक्षमा भन्दै सो सम्झौता भएको थियो । यस सम्झौताबमोजिम इरानले परमाणु कार्यक्रम रोक्ने सहमति भएको थियो । इरानले परमाणु कार्यक्रम रोक्ने र अरू शक्ति राष्ट्रहरूले उमाथि लगाइएका परमाणुसम्बन्धी प्रतिबन्ध फुकुवा गर्ने सहमति सो सम्झौतामा भएको थियो ।

अमेरिकाको यो निर्णयको इजरायलले भने समर्थन गरेको छ । तर पनि सन् २०१५ मा यस सम्झौतामा सहभागी भएका देशहरू फ्रान्स, जर्मनी र बेलायतले भने अमेरिकाको यस निर्णयप्रति विरोध जनाएका छन् । यस सम्झौता तोडेकोमा इरानले पनि कडा शब्दमा निन्दा गरेको छ । यो सम्झौता एकतर्फी तोडेसँगै इरानमाथि अमेरिकाले आर्थिक नाकाबन्दी लगाउने घोषणा पनि गरिएको छ ।

इरानले एकतर्फी रूपमा यस सम्झौता तोडेकोमा तथा उसमाथि आर्थिक नाकाबन्दी लगाउने भनी आएको समाचारकाको विषयप्रति पनि इरानले आपत्ति जनाएको हो । इरानका राष्ट्रपति हसन रुहानीले उक्त सम्झौताबाट अलग हुने अमेरिकी निर्णयको कडा शब्दमा निन्दा गर्नुभएको छ । अमेरिकाले गरेको यस निर्णयको विरोधमा इरानले अब आगामी दिनहरूमा युरेनियम प्रवर्धनको काम थाल्ने चेतावनी दिएको छ । 

यसमार्फत ऊर्जा आपूर्ति गर्ने र यससम्बन्धी नै हतियारहरू निर्माण गरिने चेतावनी इरानले दिएको हो । राष्ट्रपति रुहानीले आणविक ऊर्जा सङ्गठनलाई युरोनियमको उत्पादन तथा सम्बर्धनको काम सुरुगर्न निर्देशन दिइएको पनि सार्वजनिक गर्नुभएको छ । उहाँले यसअघि नै सम्झौताबाट अलग नहुन अमेरिकालाई चेतावनी दिँदै यदि यसबाट अमेरिका अलग भएमा अमेरिका पछि पछुताउनुपर्ने चेतावनी दिनुभएको थियो ।

उहाँले अमेरिकाले यदि उक्त सम्झौता खारेज ग¥यो भने उसले यसअघि कहिल्यै पनि नसोचेको समस्याको सामना गर्नुपर्ने चेतावनी दिनुभएको थियो । राष्ट्रपति ट्रम्पले इरानसँगको पारमाणविक सम्झौताको विषयमा मङ्गलवार साँझसम्ममा निर्णय गर्ने जानकारी सोमबारै ट्वीटरमार्फत दिनुुभएको थियो । यस सम्झौता नतोड्न अमेरिकालाई सहमत गराउने प्रयासमा युरोपेली देशहरू पनि लागेका थिए । त्यसको परिणाम सकारात्मक नरहेपछि उनीहरू सफल हुन नसकेको देखिएको छ ।अब यसबाट विश्व राजनीतिमा के कस्तो प्रभाव पर्छ भन्ने विषयमा विश्वव्यापी रूपमा चर्चा पनि सुरु भएको विभिन्न अन्तर्राष्ट्रिय समाचार समितिहरूले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू