अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४७ | Colorodo: 20:02

क्यालेन्डरमा पूर्वीले सुन्दरीहरू

बिआरटीनेपाल २०७५ वैशाख २६ गते १०:१९ मा प्रकाशित

धरान, सिल्भर इन्टरटेनमेन्टले बुधवार धरानको बराह किचेनमा आयोजित एक समारोहको आयोजना गरी चेसुंग वाइनको सहकार्यमा यो वर्ष को क्यालेन्डर सार्वजनिक गरेको छ । मिस पुर्वान्चल २०१७ रुबी लिम्बु , फर्स्ट रनर अप सिमरन श्रेष्ठ , सेकेन्ड रनर अप अनु ढुंगाना , मिस क्याटवाक एस्तर तामांग , मिस धरान बिपना श्रेष्ठ सँगै तिनजूरे वाइन इन्डस्ट्रिजका बोर्ड अफ डाईरेक्टर प्रकाश कुमार श्रेष्ठ , बराह ग्रुपका प्रमुख प्रशाशकिय अधिकृत गङ्गा कालिकोटे , सिल्भर इन्टरटेनमेन्टका अध्यक्ष दीपक बनेपालि र प्रोमोटर राजेन्द्र गुरुंगले संयुक्त रूपमा चेसुंग वाइन क्यालेन्डर २०७५ बि . स . लोकाप्रण गरेका थिए ।

हरेक वर्ष झैँ मिस पुर्वान्चल २०१७ का विजेता –उपविजेताहरु को फोटो सुट गरी निकालिने आकर्षक क्यालेन्डरमा यसपालि मिस पुर्वान्चल २०१७ रुबी लिम्बु , फर्स्ट रनर अप सिमरन श्रेष्ठ , सेकेन्ड रनर अप अनु ढुंगाना , मिस क्याटवाक एस्तर तामांग साथै मिस धरान बिपना श्रेष्ठ , मिस दमक जोयना लिम्बु को आकर्षक फोटोहरू समावेश गरिएको छ ।

मुन्धुम बुटिक एंड मेख्ली हाउसकी फेशन डिजाइनर मुनु मिभकको विभिन्न डिजाइनर पोसाकमा निसुन्ग्मा ब्युटी सोलुसनको मेकअप र  पुराना ग्ल्यामर फोटोग्राफर बिसप ताम्राकाको फोटोग्राफी क्यालेन्डरमा समावेश फोटोहरूमा रहेका छन् ।

सन् २०१० देखि मिस पुर्वान्चल को आयोजना गरिरहेको सिल्भर इन्टरटेन्मेंटले बि .स. २०७० देखि विभिन्न कम्पनीहरूसँगको सहकार्यमा हरेक वर्ष क्यालेन्डर प्रकाशन गरिरहेको छ ।

प्रतिक्रिया