अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०१ | Colorodo: 18:16

पाचौं बुद्ध जयन्ती शान्ति पदयात्रा यस बर्षपनि बर्क्लीमा हुने

बिआरटीनेपाल २०७५ वैशाख २६ गते १०:०८ मा प्रकाशित

क्यालिफोर्निया, विश्व शान्तिका प्रतीक भगवान् गौतम बुद्धको जन्म जयन्तीको अवसरमा विगत पाँच वर्ष देखि अमेरिककाको सन् फ्रान्सिस्को सहर र बर्क्लीमा बुद्ध नेपाल पिस फाउन्डेसनको योजना र यस क्षेत्रको सम्पूर्ण सङ्घ संस्थाको सक्रियतामा बुद्ध जयन्ती शान्ति पद यात्रा हुँदै आएको छ।

यस बर्षपनि बर्क्लीमा “ ३५ औ हिमालयन फेयर” हुने दिनको अवसर पारेर शान्ति पदयात्रा आयोजनागरिएको जानकारी फाउन्डेसनका अध्यक्ष चिनकाजी श्रेष्ठले यही मई ६ तारिकमा बर्क्ली स्थित हिमालयन फ्लेभरमा सम्पन्न शान्ति पदयात्रा आयोजक समितिको भेलालाई सम्बोधन गर्दै जानकारी गराउनु भयो। उक्त हिमालयन फेरमा हरेक दिन लगभग ३० देखि ४० हजार को सहभागिता हुने गरेको छ र सोही दिन हामीले शान्ति पदयात्रा गर्दै धेरै भन्दा धरैलाई बुद्धको जन्स्थाल्को बारेमा जुन भ्रम छ सो भ्रम हटाउन केही हद सम्म भए पनि यस पद यात्राले योगदान पुर्‍याउने छ भन्नु भन्नु भयो। वहाँले कार्यक्रमको बारेमा सम्पूर्ण सङ्घ संस्थालाई जानकारी गराउँदै सबैमा हरेक वर्ष जस्तै यस वर्ष पनि सक्रिय सहभागिता र सहयोगको अपेक्षा राख्नु भयो।

बुद्ध नेपाल पिस फाउन्डेसन भगवान् गौतम बुद्धको जन्मस्थलबारे छिमेकी मुलुकले गरिरहेको गलत प्रचारलाई रोकि बुद्ध जन्मस्थल नेपाल हो भन्ने चिनाउन गत पाँच वर्ष देखि निरन्तर लागि परेको समेत जानकारी गराउनु भयो ।

यस वर्षको शान्ति पदयात्रा यही महिनाको १९ तारिख दिउसोको १ बजे देखि बर्क्ली स्थित मार्टिन लुथर किङ्ग जुनियर सिभिक सेन्टर पार्कबाट शुभारम्भ भई सहरको मुख्य भागलाई परिक्रमा गर्दै हिमालयन फेयर हुने लाइभ ओक पार्कमा गएर सम्पन्न हुने जानकारी यस वर्षको पद यात्रा संयोजक ध्रुव थापाले गराउनु भयो। यस वर्षको कार्यक्रम अझ धेरैको उपस्थितिमा निक्कै प्रभावशाली हुने छ किनभने प्राय नेपालीहरू हिमालयन फेरमा सहभागी हुन् आउछन र सोही दिनमा पदयात्रा समेत भएको हुँदा धेरै सहभागी हुने अपेक्षा गर्दै सबैलाई पदयात्रामा सहभागी हुन हार्दिक अनुरोध गर्नु भयो।

हरेक वर्ष झैँ यस वर्ष पनि स्थानीय नेपाली सङ्घ संस्था र नेपाली जनसमुदायलाई शान्ति पद यात्रामा आई आफू बुद्ध भूमिमा जन्मेको र नेपाली हुनुको गर्व गर्दै शान्ति पदयात्रामा सहभागी हुन सबैलाई आह्वान समेत गर्नु भयो। यो कार्यक्रम कुनै व्यक्ति वा संस्थाको हो भन्नुको साटो यो हामी सबै नेपालीको पहिचान र गरिमाको प्रतीक हो र सबैले यसमा सहभागी भई पदयात्रा सफल पारिदिनु हुन् आह्वान गर्दै फाउन्डेसन का महा सचिव सुनिलराज कर्णिकारले कार्यक्रमको विस्तृत जानकारी उपस्थित सबैलाई गराउनु भयो। चन्द्र सूर्य अंकित नेपाली झन्डा र भगवान् बुद्धको जन्मस्थानसंग सम्बन्धित विभिन्न ब्यानर, पम्प्लेट र पोस्टकार्ड बोकेर हरेक वर्ष अमेरिकाको सन्फ्रान्सिस्को र बर्क्ली मा यो शान्ति पदयात्रा हुँदै आएको जानकारी समेत गराउनु भयो। साथै सबैलाई समयमा भेला भई शान्ति पद यात्राको शोभा बढाइ दिन हुन् समेत आग्रह गर्नु भयो।
गत अप्रिल २१,२०१८मा समेत बुद्ध नेपाल पिस फाउन्डेसन र नाफकाको सक्रियतामा डेविस स्थित क्यालिफोर्निया विश्व बिधालयको १०४ औ परेडमा नेपाली मौलिक भेषभुषा सजिएर लाखे नाच र गौतम बुद्धको सन्देश र स्तुति गाउँदै शान्ति पदयात्रा गरिएको थियो। उक्त कार्यक्रमा लाखौँ को उपस्थितिमा हरेक मोड हरूमा विश्व विद्यालयको तर्फबाट गौतम बुद्धको बारेमा जानकारी गराउँदै बुद्ध जन्मस्थल नेपाल को तर्फबाट सहभागी हुने सबैलाई धन्यवाद दिइएको थियो।

उक्त भेलामा तामाङ को-अपरेस सोसाइटी अफ क्यालिफोर्नियाका अध्यक्ष कुमार दोङले आउँदो वर्षहरूमा अन्य सघ संस्था लगायत बुद्ध नेपाल पिस फाउनडेशन् लाई समेत सहकार्यको प्रस्ताव राख्दै हालै संयुक्त रूपमा सम्पन्न २५६२ सौं बुद्ध जयन्ती पूजा तथा दो-माङ् लुङ (प्रबचन) भव्य रूपमा सम्पन्न भएको जानकारी गराउनु भयो। साथै उक्त शान्ति पदयात्रामा आफू र आफ्नो संस्थाको तर्फबाट भरपुर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो। उक्त भेलामा विभिन्न सङ्घ संथाको प्रनिधिहरुको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरिएको थियो। यस कार्यक्रममा यदि कोही स्वयंसेवक हुन् चाहनु हुन्छ भने तल दिएको लिङ्कमा आफ्नो जानकारी दिनु हुन् अनुरोध गर्दै स्वम्सेवक संयोजक निरज रेग्मीले सबैलाई साइन गर्न समेत आग्रह गर्नु भयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू