अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५९ | Colorodo: 16:14

खप्तडमा काठमाडौँका लेखकहरू

बिआरटीनेपाल २०७५ वैशाख २६ गते ९:५८ मा प्रकाशित

काठमाडौँ, सुदूर पश्चिमको प्रख्यात पर्यटकीय स्थल खप्तडमा वृहत् साहित्यिक, सांस्कृतिक एवम् आध्यात्मिक महोत्सव भइरहेको छ । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानको आयोजनामा भइरहेको सो महोत्सवमा भारत, नेपालका विभिन्न कवि, चिन्तक, योगी एवम् धार्मिक व्यक्तित्वहरूको सभागिता भइरहेको छ ।

त्रिवेणी महास्नान, कवि गोष्ठी, खेचरनाथ अनुष्ठान, ध्यान, योग, सांस्कृतिक प्रवचन, लोक संस्कृतिका अनेक झाँकीहरु प्रदर्शन गरिने उक्त महोत्सवको जेठ १० खप्तडकै पूर्णाप्रति सहित सम्पन्न हुने प्रतिष्ठानका अध्यक्ष पद्मराज जोशी ‘प्रभात’ बताउँछन् ।

पर्यटकीय क्षेत्र खप्तडको सौन्दर्य मात्र नभएर यसको धार्मिक महतव उजागर हाम्रो लक्ष्य हो । यसका लागि यो पटक अलिक फरक हिसाबले खप्तड महोत्सवको आयोजना भएको हो– प्रभातले भने । उनले अरू बताए– भारतबाट आउने पर्यटकले धार्मिक र सांस्कृतिक अनुभूति गर्न सक्न खप्तडका ।

खप्तडको महोत्सवमा सहभागी हुन काठमाडौँबाट युवराज नयाँघरे, जयदेव भट्टराई, गीता कार्की, अश्विनी कोइराला, बाबा बस्नेत, ठाकुर बेलबासे, सन्ध्या पहाडी लगायतका साहित्यकारको सहभागिता हुने प्रतिष्ठानले जनाएको छ । यसै गरी भारतका विभिन्न प्रान्तबाट लब्ध प्रतिष्ठित साहित्यकार एवं सञ्चारकर्मीहरू आउने पनि प्रतिष्ठानले बताएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू