अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०५ | Colorodo: 00:20

अनेसास सर्वोत्कृष्ट च्याप्टर घोषणा

बिआरटीनेपाल २०७५ वैशाख २५ गते २२:०२ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले २०१६-२०१७ को अवधिमा सर्वोत्कृष्ट च्याप्टर घोषणा गरेको छ । २०१६-२०१७ को अवधिमा विविध कार्यहरू सम्पादन गर्ने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पर्थ च्याप्टर, पश्चिम अस्ट्रेलिया सर्वोत्कृष्ट च्याप्टर घोषणा गरिएको छ । यस अवधिमा सम्पन्न विभिन्न गतिविधिहरूसहितको १०० अङ्कको च्याप्टर छनोटका आधारमा पर्थ च्याप्टरले सबैभन्दा बढी अङ्क प्राप्त गरी सर्वोत्कृष्ट च्याप्टर घोषणा गरिएको हो । सर्वोत्कृष्ट च्याप्टरलाई ५०० अमेरिकी डलर सहितको अनेसास राम लामा सर्वोत्कृष्ट च्याप्टर पुरस्कार प्रदान गरिन्छ ।

साहित्यकार तथा अनेसासका सल्लाहकार गंगाराम लामिटारेको संयोजकत्वमा अनेसासका पूर्व अध्यक्षहरू वसन्त श्रेष्ठ र पुरु सुबेदी रहनु भएको छनोट समितिले सो निर्णय गरेको हो । यही मे ११ देखि १३, २०१८ मा न्युह्याम्पशायर, अमेरिकामा आयोजना हुने दोस्रो अन्तर्राष्ट्रिय अनेसास च्याप्टर सम्मेलनका अवसरमा सो पुरस्कार प्रदान गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू