अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५२ | Colorodo: 05:07

अन्त्यहीन इच्छाको विचार विमर्श

बिआरटीनेपाल २०७५ वैशाख २४ गते २१:५७ मा प्रकाशित

न्यु योर्क, गत आइतबारका दिन न्यूयोर्कस्थित रुजवेल्ट आइल्याण्डको रुजजेल्ट पार्कमा साहित्यकार गीता खत्रीको नयाँ कथा सङ्ग्रह अन्त्यहीन इच्छाको समीक्षा तथा विचार विमर्श तथा स्प्रिङ्ग पिकनिक कार्यक्रम सुसम्पन्न भयो । उक्त अवसरमा न्यु योर्क, न्यूजर्सी तथा बोष्टनबाट साहित्यकारहरू तथा उहाँलाई माया गर्नेहरुको भव्य जमघट भएको थियो । सत्तरी प्रतिशत पानी पर्ने सम्भावनाले पिरोलीएको दिनमा पनि नेपाली साहित्यकारहरू तथा नेपाली भाषासाहित्यलाई मायागर्ने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूको बाक्लो उपस्थिति आपैmमा एउटा अनुकरणीय उदाहरण थियो । कार्यक्रम सफल बनाउन प्रकृतिले पनि आफ्नो बाटो बदलिदिएको अनुभव सहभागीहरूलाई भएको थियो । 

कार्यक्रममा न्यूयोर्कस्थित नेपाली महाबाणिज्यदूतावासका उप—महाबाणिज्यदूत श्री पुष्पराज भट्टराई, अनेसास न्यु योर्क च्याप्टरका पूर्व अध्यक्ष श्री विकास विष्ट, श्री जगदीश उपाध्याय, अनेसास न्यु योर्क च्याप्टरकी पूर्व अध्यक्ष श्रीमती पुनम काफ्ले, प्रसिद्ध गजलकार श्री आनन्द श्रेष्ठ, कवि श्रीमती रश्मि भट्ट, अनेसास न्यु योर्क च्याप्टरकी सदस्य तथा कवि श्रीमती लक्ष्मी श्रेष्ठ, स्वतन्त्र पत्रकार श्री शैलेस श्रेष्ठ, अनेसास न्यु योर्क च्याप्टरका पूर्व महासचिव बन्दना कोइराला, पत्रकार श्री विष्णु बैजु, कवि दीपाराइ पुन, श्री बद्री पौडेल, श्रीमती सीता खरेलहरूले आआफ्नो बिचार तथा धारणा व्यक्त गर्नु भएको थियो भने अनेसास न्यु योर्क च्याप्टर अध्यक्ष श्री राजेन्द्र श्रेष्ठले कार्यक्रमको समापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन सुमधुर स्वरकी धनी साहित्यकार तथा अनेसास न्यु योर्क च्याप्टरकी महासचिव शकुन ज्ञवालीले सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू