अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५१ | Colorodo: 02:06

भुटानी शरणार्थीलाई स्वदेश फिर्ता हुने वातावरण मिलाइदिन भुटानी शरणार्थी नेता टेकनाथ रिजाल आग्रह

बिआरटीनेपाल २०७५ वैशाख २४ गते १०:२८ मा प्रकाशित

भुटानी शरणार्थी नेता टेकनाथ रिजालले आफ्नो बाँच्न पाउने हक गुमेको भन्दै स्वदेश फिर्ता हुने वातावरण मिलाइदिन नेपाल सरकारसँग माग गरेका छन् ।

राजधानीमा आइतबार पत्रकार सम्मेलन गर्दै भुटानी शरणार्थी नेता रिजालले यस्तो माग गरेका हुन् ।  पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाममा लेखेको पत्रसमेत वाचन  गरेका छन् ।

‘छिमेकी राष्ट्रको हिसाबमा भारतीय प्रधानमन्त्री मोदीजीले हाम्रोबारे केही गर्नुहुन्छ कि भन्ने आशा गरेका छौँ,’ उनले भने, ‘हाम्रा सन्तान कोही“ कतै, कोही कतै छन्, भुटानी राजाले त्यतिखेर हाम्रा आफ्न्तलाई गोली हानेर मा¥यो, कति नारी बलात्कृत बने, आज भुटानमा प्रजातन्त्र आयो भनिन्छ तर हामीमाथिको व्यवहार उस्तै छ, न्याय दिने ठाउँबाहेक सबै शासनप्रणाली राजाकै चलेको छ ।’

आफूले निरंकुशताविरुद्ध १० वर्ष जेल जीवन भोगेको बताऊ“दै उनले भुटानबाट नेपाल आउँदा तत्कालीन राजा वीरेन्द्रको आदेशमा हत्कडी लगाएर भुटान पठाइएको स्मरण पनि गरे । ‘मैले १० वर्षको कठोर जेल सजाय भोगेँ, पछि विश्वको दबाबमा जेलबाट छुटेँ तर मेरो देशमा बस्न सकिन“, मैले फेरि नेपाल आएर जीवन जोगाएँ,’ रिजालले भने ।

सन् १९९१ मा भेटानी राजाको खेदाइपछि नेपाल आइपुगेका १ लाख १२ हजार भुटानीमध्ये केवल ९ हजारजति भुटान फर्किन चाहेको भन्दै नेता रिजालले भुटानी सरकारसँग उच्चतहको वार्ता गरिदिन नेपाल सरकारलाई आग्रहसमेत गरेका छन् ।

‘नेपालप्रति हामी ठुलो ऋणी छौँ, आजका दिनसम्म हामीलाई बस्न दियो, खान दियो, हामी नेपाली भाषी भुटानी हौँ,’ उनले भने, ‘हाम्रो अधिकारका लागि नेपाल सरकारले जति भूमिका अरू कसैको हुँदैन, बाँकी ९ हजारलाई तत्काल स्वदेश फर्किने वातावरण मिलाउनका लागि जोडदार माग गर्दछु ।’

भारतीय प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री ओलीबिचको भेटमा आफूहरूको विषय उठाइदिन आग्रह गरिदिन उनले पत्रकार सम्मेलनमा आग्रह पनि गरे । ‘हामी आफ्नै देश फर्कन चाहन्छौँ, कतिसम्म हामी यसरी बेखबर भएर बाँच्ने ?’ उनले भने, ‘म ७२ वर्षको भएँ, उत्पीडनको आन्दोलन गर्नु नै अभिशापजस्तो लाग्छ ।’ भुटानमा प्रजातन्त्र आएको भनिए पनि अझै ८० हजार भुटानीले नागरिकता नपाएको दुःखेसोसमेत उनले पोखे  ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू