अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१६ | Colorodo: 04:31

कलाकार जन्माउँदै टेलिचलचित्र ‘च्युर्लुङ झ्याईं’ (भिडियो सहित)

बिआरटीनेपाल २०७५ वैशाख २४ गते ९:५३ मा प्रकाशित

काठमाण्डौं । नेपाली चलचित्र उधोगमा दिन प्रतिदिन नयाँ नयाँ कलाकारहरूको आगमनले तीव्रता पाएको छ । चलचित्रमा होस या टेलिफिल्ममा समेत नयाँ कलाकारहरूले अभिनया गर्ने मौका पाएका छन् । पछिल्लो समय सामाजिक संञ्जालको बिकाससँगैै विश्व साँघुरिएको छ । नेपालकामा पनि एक दशकदेखि संञ्चारको विकासले तीव्रता लिएको छ दजनौ टेलिभिजन र संञ्चारमाध्यम स्थापर्ना भएका छन् भने यो सँग नयाँ नयाँ चलचित्र ,बृतचित्र ,म्युजिक भिडियो निर्माणले पनि तीव्रता पाएको छ । जसको कारण कुना कन्दरामा रहेका व्यक्तिहरूले पनि आफ्नो क्षमता प्रस्तुत गर्ने मौका पाएका छन् । यसले नयाँ कलाकारहरू जन्माउँदै छ ।

यस चलचित्रमा अभिनय गरेका कलाकाहरुले यति बेला म्युजिक भिडियो तथा नेपाली चलचित्रमा अभिनयमा समेत मौका पाएका छन् । पछिल्ला संयम पछिल्लो समय सामाजिक सञ्जाल र युट्युवको लोकप्रियताले मनोरञ्जनात्मक तथा सन्देशमुलक सामाग्री प्रसारणमा सहजता ल्याई दिएको छ । पछिल्लो समय युवटुव र्मार्फत प्रसारण भएको च्युर्लुङ झ्याईं नामक धारावाहिक हास्य टेलिचलचित्रले नेपाली चलचित्र उधोगमा नयाँ कलाकारहरू लिएर उनीहरूलाई चलचित्र उधोगमा स्थापित गराउने प्रयास गरिरहेको छ ।

समसामयिक राजनीतिक विषयका साथै समाजमा घट्ने गरेका विकृतिजन्य कृयाकलापको चिरफारलाई मुख्य उद्देश्य राखेर सामाजिक भावनाको टेलिफिल्म ‘च्युर्लुङ झ्याईं’ युवटुयुवमा चर्चा कमाउँदै गएको छ । सात एपिसोड सम्म प्रसारण भईससकको छ । म्युजिक एण्ड मुभी एक्सप्रेस नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको टेलिचलचित्रको प्रसारण प्रत्येक हप्ताको शनिवार गरिने निर्देशक तेन्जी लामाले जानकारी दिए ।

ललितपुर जिल्ला गोदाबरी नगरपालिका ६ काफ्लडाडामा छायाङ्कन गरिएको सो सिरयका कारण त्यस क्षेत्रको प्रचार प्रचारमा पनि सहयोग पुगेको स्थानीयबाँसी बताउँछन् । भविष्यमा राष्ट्रिय प्रसारणका टेलिभिजनमा प्रसारण गर्ने उद्देश्य सहित मेहनतका साथ काम भईरेहेको टेलिचलचित्रका कलाकार दियाना राईले जानकारी दिइन् ।

नेपाली चलचित्रको समेत छायाङ्कन गरिसकेका रामेश्वर जिरेलको छायाङ्कनमा निर्माण भएको सो सिरयलमा सुमन श्रेष्ठ (पण्डित), रबिन थापा मगर (दाहिने), , तेन्जी लामा(पासा), राजु श्रेष्ठ(घोप्टे), दियाना राई(पूर्णिमा), टिना मगर (डल्ली), राजबंम ठकुरी(देब्रे) रहेना राई (राम साईली) , श्रिपाल मानान्धर (बाल कलाकार )रोजिना मर्हजन लगायतको अभिनय रहेको छ ।

अहिले निर्माण भएका टेलिचलचित्रको ट्रेण्ड भन्दा फरक तरिकाले स्तरीयतालाई समेत ध्यानमा राखेर समय सापेक्ष रूपमा निरन्तर निर्माण गर्ने लक्ष्य रहेका निर्देशक तेन्जी लामाले जानकारी दिए । नेपाली चलचित्र उधोगलाई माया गर्ने प्रतिभावान युवा जमातको समूहले हास्य रसमा आधारित यो टेलिफिल्म निर्माणमा जुटेको हो । सो टेलिचलचित्रमा तेन्जी लामाको लेखन तथा निर्देशन रहेको छ ।

 

प्रतिक्रिया