अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४० | Colorodo: 05:55

बक्स अफिस सिस्टम लागू गराएरै छाड्छु : चलचित्र विकास बोर्ड अघ्यक्ष पौडेल

बिआरटीनेपाल २०७५ वैशाख २३ गते १९:२८ मा प्रकाशित

काठमान्डौं ।चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले आफ्नो कार्यकालमा बक्स अफिस सिस्टम जसरी पनि लागू गराएरै छाड्ने जनाएकी छिन् । उनले केही हल संचालकहरुले आनाकानी गर्दा निर्धारित समयमा बक्स अफिस सुचारु हुन नसकेको बताएकी छन् ।

हल संचालकहरुको सहमतिमा वैशाख १ गते नै बक्स अफिस जोडिने सेड्युल थियो । ३,३ पटकसम्म अफिसियल पत्राचार गर्दा पनि केही हलहरूले अटेरी गरेपछि, बोर्ड कानुनी रूपमा अगाडी बढ्न बाध्य भएको जनाउँदै निकिताले आफू कसैप्रति पूर्वाग्रह नभएको र बक्स अफिस स्वयम् चलचित्र निर्माताहरूकै माग भएको कारण यसको विरोधमा नलाग्न आग्रह गरेकी छन् । पौडेलले आफूले गर्न लागेको सुधारयुक्त कदमको विरोधमा केही त्यस्ता व्यक्ति तथा पत्रकारहरू लागेकोमा खेद व्यक्त गरेकी छन् । 

उनले चुरो कुरा बुझेर मात्र त्यसको पछि लाग्न आग्रह गर्दै अन्ततः आफूले ल्याएको नीतिले समग्र चलचित्र क्षेत्रलाई शुसासित बनाउनेमा आशावादी रहेको बताएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू