अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२२ | Colorodo: 13:37

सेयर बजारमा १२ अंकको गिरावट

बिआरटीनेपाल २०७५ वैशाख २३ गते १०:२४ मा प्रकाशित

साताको पहिलो कारोबार दिन आज सेयर बजार १२.५१ अंकले घटेर १३५३.६४ बिन्दुमा झरेको छ ।

आज करोबारमा आएका परिसूचक मध्ये फाइनान्स समूह ०.०६ अंकले बढेपनि अन्य सबै समूहको परिसूचक घटेको छ । बैंकिङ समूह ११.५५, होटल समूह ३१.०७, विकास बैंक समूह १३.४३, जलविद्युत समूह १९.८१, बीमा समूह ६८.३२, उत्पादन मूलक समूह ८.६६, अन्य समूह ६.६१ र माइक्रोफाइनान्स समूह ७.५४ अंकले घटेको छ ।

सो दिन १६० कम्पनीको ८ लाख ४३ हजार कित्ता सेयर ३६ करोड १६ लाख रुपैयाँमा कारोबार भयो । जसमा एभरेष्ट बैंकको प्रमोटर सेयर लगानीकर्ताले ७.७६ प्रतिशतले कमाए भने सांग्रिला डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६.२५ प्रतिशतले गुमाए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू