अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०५ | Colorodo: 16:20

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोको जोखिम बढे सगै निर्माण कार्य प्रभावित हुन सक्ने संकेत

बिआरटीनेपाल २०७५ वैशाख २३ गते १०:१५ मा प्रकाशित

सामान्य पानी पर्दासमेत नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्न थालेपछि यात्रामा जोखिम बढेको छ।

पानी पर्दा हिलो र सुख्खा हुँदै गएपछि सुख्खा पहिरो खस्न थालेको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ।

सडक विस्तारका क्रममा भित्तो काटिएको ठाउँ र डढेलो लागेर सुख्खा भएको ठाउँमा पानी परेसँगै पहिरो खस्ने गरेको छ। गएको एक सातामा दैनिक पहिरो खस्दै आएको छ। एकै दिनमा साना ठूला गरी चार वटासम्म पहिरो खसेको  सडक विभागले जनाइएको छ।

सो सडकखण्डलाई तीन भागमा विभाजन गरेर विस्तार गरिँदै छ। तेस्रो खण्ड अर्थात् मुग्लिन नजिकै  अहिले सडक विस्तारको काम भैरहेको  छ। धेरै पहाड भएकाले सो ठाउँमा धेरै पहिरो खस्ने गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू