अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४० | Colorodo: 08:55

यातायात व्यबसायीको बैक खाता रोक्का गर्न केन्द्रिय बैकको निर्देशन

बिआरटीनेपाल २०७५ वैशाख २३ गते १०:०५ मा प्रकाशित

सिन्डिकेटकाे पक्षमा हड्तालमा उत्रिएका यातायात व्यवसायीकाे बैंक खाता राेक्का गर्न राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाइ सर्कुलर गरेको छ।यातायात समितिमा रहेका व्यक्तिहरुको बैंक खाता रोक्का गर्न वाणिज्य बैंकहरुलाई निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ।

वैशाख २१ मा गृह मन्त्रालयमा भएकाे बैठकपछि सरकारले देशभरिका यातायात समिति र तिनका पदाधिकारीको बैंक खाता रोक्का गर्ने निर्यय गरेकाे थियाे। गभर्नर चिरञ्जिवी नेपालसमेत सहभागी बैठकले सिन्डिकेटकाे पक्षमा हड्तालमा उत्रिएका समितिमा अावद्ध व्यवसायीहरूकाे बैंक खाता राेक्कागरी उनीहरूकाे सम्पत्ति छानवीन गर्ने निर्णय गरेकाे थियाे।

साेही अनुसार केन्द्रीय बैंकले अाइतबार वाणिज्य बैंक एवं वित्तिय संस्थालाइ यातायात समितिमा रहेका व्यक्तिहरूकाे बैंक खाता राेक्का गर्न सर्कुलर गरेकाे हाे।

राेक्का गरिएका खाताहरू सरकारकाे अनुमतिपछि मात्र खुला हुनेछन्।

आइतवार अर्थले राष्ट्र बैंकलाई पत्र लेखेको थियो। अर्थकाे पत्र पाउन साथ केन्द्रीय बैंकले सबै बैंकहरुलाई निर्देशन जारी गरेको हो। खातामा रहेको रकम र उनीहरुले निक्षेप संकलन गरेको अवधि र त्यस अनुसारको रकममा अनुसन्धान गरिने छ। समितिहरूकाे सम्पूर्ण अनुसन्धान गृहले गर्नेछ। अनुसन्धानमा राष्ट्र बैंकले सहजीकरणकाे भूमिका निर्वाह गर्नेछ।

गृहमन्त्री रामबहादुर थापाकाे उपस्थितिमा शुक्रबार गृह मन्त्रालयमा बसेकाे बैठकले साविकका यातायात समिति एवं महासंघका हालका पदाधिकारीकाे सम्पत्ति छानवीन गर्ने निर्णय गरेकाे थियाे। देशभरिका जिल्ला प्रशासन कार्यालयमार्फत् समिति पदाधिकारीहरुको विवरण गृहले संकलन गरेकाे थियाे।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू