अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४४ | Colorodo: 01:59

भारतीय प्रधानमन्त्रीको आसन्न नेपाल भ्रमण तीन वटा विषयमा केन्द्रित: परराष्ट्रमन्त्री ज्ञवाली

बिआरटीनेपाल २०७५ वैशाख २३ गते ९:३१ मा प्रकाशित

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमण तीन वटा विषयमा केन्द्रित हुने जानकारी दिनुभएको छ । भ्रमणमा दुई देशबिचको विश्वासका वातावरणको अभिबृद्धि, पहिला भएका सहमतिको कार्यान्वयन र सहयोगको नयाँं क्षेत्रका विषयमा बृहत् छलफल हुने जानकारी उहाँंले दिनुभयो ।

नेपाल चेम्बर अफ कमर्सको आयोजनामा नेपाल भारत व्यापार प्रबर्द्धन सम्बन्धमा आइतबार राजधानीमा भएको छलफल कार्यक्रममा मन्त्री ज्ञवालीले भारतका प्रधानमन्त्री मोदीको यो पटकको भ्रमणमा रेलमार्ग अनि जलमार्गका कार्यान्वयनका विषयमा केन्द्रित रही छलफल हुने बताउनुभयो । मन्त्री ज्ञवालीले भ्रमणमा क्रममा विगतका सहमतिहरूलाई कार्यान्यनका लागि बृहत् छलफल हुने जानकारीसमेत दिनुभयो । साथै नेपाल र भारत दुई देशबिच सन् १९९६ मा भएको वाणिज्य सन्धिको परिमार्जनको पहल हुने पनि जनाउनुभयो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बढ्दो व्यापार घाटाप्रति गहिरो चिन्ता व्यक्त गर्दै नेपालबाट निर्यातयोग्य वस्तुलाई सरकारले सहुलित दिनुपर्ने बताउनुभयो । गएको साउनदेखि फागुनसम्म ८ महिनाको नेपालको भारततर्फको निर्यात आयातको तुलनामा १७ गुना कम रहेको कुरा उहाँंले उल्लेख गर्नुभयो । वर्तमानको व्यापार घाटा नेपाल सरकारको समृद्धिको सपनामा प्रमुख बाधक रहेको भन्दै उहाँले त्यसको अन्त्यका उपायहरू खोज्न ढिला गर्न नहुने कुरा व्यक्त गर्नुभयो । यसको लागि नेपालले मुख्यगरी बौद्ध पर्यटन सर्किटलाइ प्रवर्द्धन गर्नुपर्ने, सीमावती क्षेत्रको सडक स्तरोन्नति गर्नुपर्ने, विद्यमान नेपालभारत वाणिज्य सन्धिलाई नेपालको हित अनकुल हुनेगरी पुनरावलोकन गरिनुपर्नेमा उहाँंले जोड दिनुभयो ।

साथै, नेपालमा भारतीय लगानी भएका कम्पनीबाट उत्पादित जलविद्युत मात्र खरिद गर्ने भारतीय दृष्टिकोण नेपालको व्यापार र आर्थिक विकास प्रतिकूल रहेकोले उक्त कुरा सच्याउन पहल गर्नुपर्ने उहाँंले बताउनुभयो । भारतको सिमावर्ती क्षेत्रका भारतीय चेम्बर अफ कमर्ससँग नेपाल चेम्बर अफ कमर्सको सम्बन्ध विस्तारले दुईपक्षीय व्यापार वृद्धिमा सहयोग पुग्ने भएकोले त्यसतर्फ काम थाल्ने कुरा समेत उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू