अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४७ | Colorodo: 00:02

विमानस्थलमा आईतबारदेखि वैदेशिक रोजगार सहायता कक्ष सञ्चालनमा

बिआरटीनेपाल २०७५ वैशाख २३ गते ९:३२ मा प्रकाशित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबारदेखि वैदेशिक रोजगार सहायता कक्ष सञ्चालनमा आएको छ । यही वैशाख ३ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार सहायता कक्षको स्थापना गरिएको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले जनाएको छ।

विदेशबाट अलपत्र आउने बिरामीको उपचारलगायत मानसिक सन्तुलन गुमेर आउने र अङ्गभङ्ग भएकाको परिवारको खोजी गर्ने काम पनि कक्षले गर्ने छ । सहायता कक्षको स्थापनाबाट पीडितको परिवारलगायत विमानस्थललाई व्यवस्थित बनाउनसमेत सहज भएको छ । विदेशबाट आउने शवलाई घरसम्म पुर्‍याउनका लागि शव वाहनको व्यवस्थासमेत कक्षले मिलाउने छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू