अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३२ | Colorodo: 03:47

प्रकाश राईको ‘मनको मन्दिरमा’ सार्वजनिक [भिडियो सहित]

सन्दीप खत्री, काठमाडौँ २०७५ वैशाख २३ गते ८:५७ मा प्रकाशित

गायक प्रकाश राईको ‘मेरो मनैको मन्दिरमा’ बोलको नेपाली पप गीत सार्वजनिक भएको छ। संग्स नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक भएको गीतले यति बेला सर्वाधिक चर्चा कमाइरहेको छ। गायक राईले आफ्नो प्रेम सम्बन्धको बयान गीतमार्फत दर्शकसामु प्रस्तुत गरेका छन्।

शारदा खड्काको शब्द रहेको गीतमा अस्मिता लिबुले सङ्गीत भरेका छन्। विक्रम सिंघ कार्कीको एरेन्ज रहेको गीतलाई द पाक रेकर्डिङ स्टुडियोमा रेकर्ड गराइएको हो। अनिल शाहीको छायाङ्कन तथा सम्पादन रहेको यस गीतलाई भीम राज तिमल्सिनाले निर्देशन गरेका हुन् ।

म्युजिक भिडियोमा अमीत पाण्डे र एन्जेल खातीको दमदार अभिनय देख्न सकिन्छ। युवापुस्तालाई लक्षित गरेर बनाइएको यस गीतले दर्शकको मन जित्नेमा गायक राई आशावादी छन् ।

हेर्नुस् भिडियो:

सम्बन्धित सामग्रीहरू