अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४६ | Colorodo: 19:01

मोदीलाई चार भाषामा अभिनन्दन

नागरिक दैनिक २०७५ वैशाख २२ गते १९:१० मा प्रकाशित

जनकपुरधाम – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा प्रदान गरिने अभिनन्दनपत्र चार भाषामा तयार गरिँदै छ। नेपाली, मैथिली, हिन्दी र अङ्ग्रेजी भासमा लेखिएका अभिनन्दनपत्र जनकपुर उपमहानगरपालिका प्रमुख लालकिशोर साहले मोदीलाई एक समारोहबिच प्रदान गर्नेछन् ।

सो क्रममा मैथिली भाषामा लेखिएको अभिनन्दन वाचन गरिने साहले बताए । वैशाख २८ बिहान भारत, विहारको राजधानी पटनाबाट मोदी प्रदेश २ को अस्थायी राजधानी जनकपुर आउन लागेका हुन् ।कुनै पनि मुलुकका प्रधानमन्त्रीलाई सम्भवतः पहिलोपटक काठमाडौँबाहिर नेपालका प्रधानमन्त्रीले स्वागत गर्न लागेका छन् । मोदीलाई स्वागत गर्न काठमाडौँबाट जनकपुर आउने प्रधानमन्त्री केसी शर्मा ओली नागरिक अभिनन्दन सामारोहमा भने सहभागी हुने छैनन् ।

सम्बन्धित सामग्रीहरू