अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०४ | Colorodo: 04:19

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को अध्यक्षमा कर्माछिरिङ शेर्पा निर्वाचित

बिआरटीनेपाल २०७५ वैशाख २२ गते ८:१८ मा प्रकाशित

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को अध्यक्षमा कर्माछिरिङ शेर्पा निर्वाचित हुनुभएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको १६ औँ साधारणसभाबाट निर्वाचनमा शेर्पाले अर्का प्रत्यासी मणि कुँवरलाई ५१ मतले पराजित गर्दै निर्वाचित हुनुभएको छ । शेर्पाले ६३ र कुँवरले १२ मत प्राप्त गर्नुभएको थियो ।

साधारणसभामा ७५ जिल्लाका प्रतिनिधिले भाग लिएका थिए । उपाध्यक्षमा शेर्पा प्यानलका पंकजविक्रम नेम्वाङ, उपेन्द्रमान सिंह, कृष्णबहादुर थापा र वीरबहादुर खड्का निर्वाचित भए । निरोज खड्गी, पूर्णमान चित्रकार, रवीन्द्रनाथ श्रेष्ठ, मधुसुदन उपाध्याय, प्रदेशसिंह राठौर, दिनेश व्यञ्जनकार, दीर्घबहादुर केसी, किरण राई, विजय घले र रत्नकुमार श्रेष्ठ निर्वाचित भए ।

साधारणसभाको आजै युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गर्दै खेलकुद क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रतिक्रिया