अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४१ | Colorodo: 23:56

नेपाल आदिवासी जनजाति महासङ्घ, अमेरिका – हार्दिक एक्यबद्धता

बिआरटीनेपाल २०७५ वैशाख २२ गते ८:१४ मा प्रकाशित

नेपाल सारकारको सांस्कृतिक रूपमा विभेदपूर्ण नीति र विकासको नाममा आदिवासी जनजातिहरूको बिनासको नीति बिरुध्द नेपाल आदिवासी जनजाति महासङ्घ द्वारा चरणबध्द रूपमा गरिएको शान्तिपूर्ण विरोध कार्यक्रम प्रति नेपाल आदिवासी जनजाति महासङ्घ, अमेरिका हार्दिक एक्यबद्धता व्यक्त गर्दछौ |

नेपाल सरकारले आदिवासी जनजातिहरूले मनाउने राष्ट्रिय पर्वमा राष्ट्रिय बिदा नदिने तर हिन्दुबादी चाड पर्वहरूमा भने आवश्यकता भन्दा बढी बिदा दिने ब्यबस्था गरेको छ | जसको हामी घोर विरोध गर्दै सम्पूर्ण समुदायहरूको समान अस्तित्व रहने गरी आदिवासी जनजातिहरूले मनाउने राष्ट्रिय पर्वमा राष्ट्रिय बिदा दिन जोडदार माग गर्दछौ |

पछिल्लो समयमा विकासको लागि सडक बिस्तार गर्ने बहानामा आदिवासी जनजाति नेवार समुदायको मौलिक, सांस्कृतिक तथा ईतिहासिक बस्तीहरूमा अतिक्रमण गर्ने, फास्ट ट्रयाक सडक बनाउने नाममा आदिवासीहरूको विशेष बस्ती जो विश्व सम्पदा सूचीमा समेत रहेको खोकनामा नेपाल आर्मी मार्फत गरिन लागेको अतिक्रमण, धरान बिजयापूरको ईतिहासिक किराँत दर्बारमा पानी ट्यांकी बनाउने नाममा गर्न खोजिएको अतिक्रमण लगायत सम्पूर्ण आदिवासी जनजातिहरू माथिको विभेद र अतिक्रमणको विरोध गर्दै सम्पूर्ण विभेदपूर्ण नीति र निर्णय फिर्ता लिन नेपाल सरकारलाई आव्हान गर्दछौ |

यसरी विभिन्न बहानामा आदिवासी जनजाति, उत्पीडित र पिछडीएको समुदायलाई लक्षित गरी गरिने चरणबध्द विभेदपूर्ण सरकारी नीति र निर्णयहरू तुरुन्त फिर्ता गर्न नेपाल सरकारलाई अनुरोध गर्दछौ | यदि आदिवासी जनजातिहरूको शान्तिपूर्ण धर्ना र दबामुलक आन्दोलनको बेवास्ता गरिएमा विश्व भरिको आदिवासी जनजातिहरूको नैतिक, आर्थिक तथा व्यावहारिक सहयोगमा नेपालमा सशक्त आन्दोलन गर्न बाध्य हुने कुरा नेपाल सरकारलाई ध्यानाकर्षण गराउँदै नेपाल आदिवासी जनजाति महासङ्घ द्वारा चरणबध्द रूपमा गरिएको विरोध कार्यक्रम प्रति नेपाल आदिवासी जनजाति महासङ्घ, अमेरिका हार्दिक एक्यबद्धता व्यक्त गर्दछौ |

मान बहादुर रानामगर
अध्यक्ष
नेपाल आदिवासी जनजाति महासङ्घ, अमेरिका
केन्द्रीय समिति
_______________________
The Secretariat,
Federation of Indigenous Peoples of Nepal in America
82-12, Pettit Avenue
Elmhurst, NY 11373
E-mail: fipna2005@gmail.com
Website:fipnausa.org
https://www.facebook.com/fipnausa.org

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू