अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२९ | Colorodo: 00:44

आर्थिक समृद्धिको आधार शान्तिसुरक्षा: व्यवसायी

बिआरटीनेपाल २०७५ वैशाख २२ गते ८:०२ मा प्रकाशित

भक्तपुर । उद्योगी व्यवसायीहरूले निर्धक्कताकासाथ व्यवसाय सञ्चालन गर्न पाउने वातावरण मिलाउन सरकारसँग आग्रह गरेका छन् । निर्धक्कताकासाथ व्यवसाय सञ्चालन गर्न पाए मात्रै आर्थिक समृद्धिको सरकारी योजना पूरा हुने उनीहरूले बताएका छन् । युवा व्यवसायी समाज, भक्तपुर ट्रक व्यवसायी सङ्घ र भक्तपुर इटा उद्योग व्यवसायी सङ्घको संयुक्त आयोजनामा भक्तपुरका प्रमख जिल्ला अधिकारी द्रोण पोखरेललाई बिदाइ गर्न आयोजित बिदाइ कार्यक्रममा उनीहरूले उद्योगी व्यवसायीहरूको विकास तथा प्रबद्धर्नका लागि प्रशासनको पनि महत्त्वपूर्ण भूमिका रहने चर्चा गरे । भक्तपुरका निवर्तमान प्रमुख जिल्ला अधिकार पोखरेलले प्रशासन शासक नभई सेवक भएकोले आफूले सदा सहयोगी भूमिका खेलेको स्मरण गरे । सर्लाहीमा प्रमुख जिल्ला अधिकारीमा सरुवा भएको उनले अर्थतन्त्रलाई चलायमान बनाउन उद्योगी व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण हुने बताए ।

युवा व्यवसायी समाजका अध्यक्ष विश्वराम कवाँंले सरकारले निर्धक्कताकासाथ व्यवसाय सञ्चालन गर्न पाउने वातावरण मिलाउनुपर्नेमा जोड दिए । अध्यक्ष कवाँले शान्ति सुरक्षा आर्थिक समृद्धिको आधार भएकाले सरकारले शान्ति सुरक्षालाई चुस्त दुरुस्त पार्नुपर्ने बताए । उनले जिल्लाको व्यवसायीहरूको विकासका लागि पोखरेलले खेलेको भूमिका प्रशंसा गरे ।

भक्तपुर ट्रक व्यवसायी सङ्घका अध्यक्ष महेन्द्र खायमलीले यातायात दुर्घटना हुँंदा यातायात व्यवसायीहरूले पेलेरै क्षतिपूर्ति तिर्नुपरेको दुख व्यक्त गरे । भक्तपुर इटा उद्योग व्यवसायी सघका अध्यक्ष नातिभाइ ह्योग्बाले नियमसंगत रूपमा उद्योग चलाउँंदा पनि व्यवसायीहरूमाथि अनेक नानाथरीको आरोप लाग्ने गरेको बताए । कार्यक्रममा युवा व्यवसायी समाजका अध्यक्ष कवांले संयुक्त रूपमा प्रजिअ पोखरेललाई मायाको चिनो दिए । 

प्रतिक्रिया