अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१० | Colorodo: 17:25

यातायात व्यवसायीले आन्दोलन फिर्ता लिए

बिआरटीनेपाल २०७५ वैशाख २१ गते २०:३२ मा प्रकाशित

सरकारले सिन्डिकेट तोड्न खोजेपछि त्यसको विरोधमा गाडी ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिएका यातायात व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । 
यातायात व्यवसायीले विहिबार बेलुका देखि सार्वजनिक सवारी साधन नचलाएपछि शुक्रबार सरकार व्यवसायी विरुद्ध कठोर ढंगले प्रस्तुत भएको थियो । सरकारले देशभरबाट यातायात व्यवसायीलाई पक्राउ गर्ने तथा आन्दोलन गर्ने यातायात व्यवसायीको दर्ता खारेज गरेपछि यातायात व्यवसायीले आन्दोलन स्थगित गरेर यातायात सञ्चालन गर्ने निर्णय गरेका हुन् ।
यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मुल समितिका संयोजक योगेन्द्रनाथ कर्मचार्यले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै आजदेखि नियमित रुपमा यातायात सञ्चालन हुने जानकारी गराएका छन् । सरकारले शुक्रबार यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष कृष्णप्रसाद सुवेदी, महासचिव सरोज सिटौला लगायतका दर्जनौलाई पक्राउ गरेको थियो । यातायात व्यवसायीले शुक्रबार गरेको आन्दोलनका कारण हजारौँ सर्वसाधारणले सास्ती भोग्नु परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू