अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५८ | Colorodo: 03:13

मोदीको सुरक्षाका लागि ११ हजार सुरक्षाकर्मी

नेपाल समाचारपत्र २०७५ वैशाख २१ गते २०:२२ मा प्रकाशित

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लक्षित गर्दै ११ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट ती सुरक्षाकर्मी परिचालन हुने भएका छन् । आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा समाचार छापेको छ ।

गृह मन्त्रालयको संयोजनमा नेपाल प्रहरीका ५ हजार, सशस्त्र प्रहरी र नेपाली सेनाका ३/ ३ हजार र राष्ट्रिय अनुसन्धानबाट दुई सयको हाराहारीमा सुरक्षाकर्मी खटिँदै छन् । काठमाडौँ उपत्यका, जनकपुर, मुक्तिनाथ र आसपासका क्षेत्रमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिने भएको छ । 

सम्बन्धित सामग्रीहरू