अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१० | Colorodo: 09:25

गुटका कारण दाजुभाइबीच बोलचाल नै बन्द

बिआरटीनेपाल २०७५ वैशाख २१ गते २०:०३ मा प्रकाशित

काठमाडौं – कांग्रेस नेता डा रामशरण महत र डा प्रकाशशरण महत सहोदर दाजुभाइ हुन् । यी दुवै अहिले कांग्रेस कन्द्रीय सदस्य छन् ।

नुवाकोटबाट राजनीति गरेका यी दुई दाजुभाइ पार्टीभित्र एउटै गुटमा छैनन् । दाई महत रामचन्द्र र भाइ महत संस्थापन समूहमा छन् ।

पछिल्ला चुनावमा एकले अर्कोलाई असहयोग नगरेको भन्दै बोलचाल नै बन्द गरेका यी दुईबीच अहिले पार्टीमा आ-आफ्नो समूहबाट को पदाघिकारी बन्ने प्रतिस्पर्धा छ ।

भाइ महत सहमहामन्त्रीमा मनोनीत भएका छन् । डा. रामशरण महामन्त्रीका दाबेदार थिए । आजको नयाँ पत्रिकामा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू