अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४५ | Colorodo: 07:00

गोमा अधिकारीको लायेंस क्लब सम्बन्धी गीतको भिडिओ सार्वजनिक

बिआरटीनेपाल २०७५ वैशाख २१ गते १३:१५ मा प्रकाशित

सान फ्रान्सिस्को क्यालिफोर्निया निवासी नेपाली चेली गोमा अधिकारीले रचना गरेको लायन्स क्लब सम्बन्धी गीतको भिडियो सार्वजनिक भएको छ । लायन्स क्लब अफ इन्टर नेसनलले बजारमा ल्याएको गीतमा नेपालका चर्चित लोक दोहोरी गायक बिमल राज क्षत्रिले आफ्नो स्वर भरेका छन् । उक्त गीतमा लायस क्लबले गर्ने सामाजिक कार्यहरूको चर्चा गर्नुका साथै क्लबले गर्ने गरेका कार्यहरू दृश्यमा देखाइएको छ ।

आपत् बिपतमा पर्दा लायेंस क्लबहरूले सहयोग गर्छन् है भन्ने सन्देश बोकेको सो भिडियोमा प्रवासमा बसेर नेपाली तथा विदेशी माझ चिर परिचित अनुहार डिस्ट्रिक 4c3 का गभर्नर राजन थापा लगायत हरेक आपत् बिपत पर्दा सधैँ सहयोगको हात बढाउने नेपाली लायनहरूलाई देख्न सकिन्छ । 

 

प्रतिक्रिया