अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१२ | Colorodo: 15:27

डा देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी

बिआरटीनेपाल २०७५ वैशाख २१ गते ११:३९ मा प्रकाशित

काठमाडौँ, पित्त थैलीको क्यान्सरबाट पीडित हुनुभएका वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले जानकारी लिनुभएको छ । डा देवकोटा उपचाररत बाँसबारीस्थित न्यूरो अस्पताल पुगेर आज राज्यमन्त्री अर्यालले जानकारी लिनुभएको हो ।

राज्यमन्त्री अर्यालले डा देवकोटाको उपचारमा सरकारका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको थियो । यसअघि डा देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईलगायतले जानकारी लिनुभएको थियो । बेलायतको एक अस्पतालमा उपचारका लागि पुग्नुभएका डा देवकोटा केही दिन अघि मात्रै स्वदेश फर्कनुभएको हो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू