अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०४ | Colorodo: 01:19

सिङ्गिङ रियालिटी सो द भ्वाईसको डिजिटल अडिसन सम्पन्न

कुवेर डङ्गोल, काठमाडौँ २०७५ वैशाख २१ गते ९:४५ मा प्रकाशित

विश्वका १९१ राष्ट्रमा सफल प्रसारण भइरहेको सिङ्गिङ रियालिटी सो द भ्वाईसको नेपालमा डिजिटल अडिसन सकिएको छ। कार्यक्रमको स्थानीय आयोजक एएनसि इभेन्ट म्यानेजमेन्टले शुक्तबार इटहरीमा पत्रकार सम्मेलन गरेर कार्यक्रमबारे जानकारी दिएको हो ।

पत्रकार सम्मेलनका क्रममा अव ब्लाईन्ड अडिसन हुने र सो अडिसनमा समावेश हुन सफल प्रतिष्पधीहरुको जीवनीका बारेमा श्रब्य दृश्य सामाग्री निर्माण गरिनुका साथै प्रत्यक्ष भेटेर आवाज सुन्न एउटा टोली पूर्व दौडाहामा रहेको जानकारी दिइएको छ।

ब्लाईन्ड अडिसनमा सहभागी हुन सफल प्रतिस्पर्धीलाई जज यस प्रतियोगितामा कोच(प्रशिक्षक) भनिएको छ। कोचले प्रत्यक्ष सुन्न र आफ्नै समूहमा समावेश गर्न प्रयास गर्ने बताइएको छ।

कार्यक्रममा कोचहरुमा अग्रज गायक दीप श्रेष्ठ, यसै गरी प्रमोद खरेल, सनुप पौडेल र अभया सुब्बा रहनुहुनेछ। कार्यक्रम ब्लाईन्ड राउण्ड, ब्याटल राउण्ड र लाईभ सो गरेर तीन चरणमा समावेश हुने अनि अन्तिम चारजना प्रतिस्पर्धीबाट एक जना भ्वाईस अफ नेपाल घोषणा गरिने आयोजकले जनाएको छ। 

कार्यक्रमलाई नेपाल आइडल सिजन एकका निर्देशक लक्ष्मण पौडेलले निर्देशन गर्ने यस्तै नेपाल आइडलमा नै रियालिटी पोड्युसर रहेका फिरोज तिम्सिनाले मुख्य सहायक निर्देशन तथा आईटि हेडको जिम्मेवारी बहन गर्ने र सुशील नेपालले प्रस्तोताको भूमिका निर्वाह गर्ने जनाइएको छ।

कार्यक्रममा मुख्य क्यामेरामेनको रूपमा शिवराम श्रेष्ठ, सम्पादन प्रमुखको रूपमा सोहन मानन्धरले पनि काम गर्ने भएका छन्। यसै गरी कार्यक्रम निर्माण र अवलोकनका लागि नेदरलेण्डबाट एउटा टोली र प्रविधि सहयोगका लागि भारतबाट अनुभवी टोली आउने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

कार्यक्रममा विजेता हुनेले नगद २५लाख रुपैयाँ एउटा कार र २० लाख बराबरको एल्बम कन्टय्राक्ट एवं वल्र्ड टुर गराइने र सम्पूर्ण खर्च १२करोड खर्च लाग्ने कार्यक्रम आयोजकले जनाएको छ।

प्रतिक्रिया