अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३३ | Colorodo: 05:48

नेपाल आइस आन फुटसल प्रतियोगिता हुने

बिआरटीनेपाल २०७५ वैशाख २० गते १०:३० मा प्रकाशित

काठमाडौँ । नेपाल आइस आन फुटसल प्रतियोगिता हुने भएको छ । नेपाल विज्ञापन सङ्घ (आन) ले काठमाडौँमा बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।

वैशाख २४ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिता सानेपास्थित फिल्ड फुटसलमा हुनेछ । प्रतियोगितामा ३२ टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा कान्तिपुर, इमेज, हिमालय, एभेन्युज, जनता, न्युज ट्वान्टिफोर, एबीसी र नेपाल टिभीले भाग लिँदै छन् । त्यस्तै, नागरिक, नयाँ पत्रिका, गोरखापत्र, अन्नपूर्ण पोस्ट, मार्स, वेलकम, भिचित्र, एएनएस, भेग, अभानी, प्रिज्मार्क, मिडिया बास्केट, कारोबार, एडिरिलिज, मिडिया हब रहेका छन् । त्यस्तै, आउट रिच नेपाल, एडिफ्याक्टर, किएडभ रटाईजिङ, फ्युचर हब, प्रिज्मा, डिएल फिल्म, नेट टिभी, क्युएफएक्स र नेपाल मेडिसिटीले प्रतियोगितामा भाग लिँदै छन् ।प्रतियोगिताको विजेताले ७५ हजार नगद सहित ट्रफि हात पार्नेछ।

दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले ३० हजार नगदसहित ट्रफि हात पार्ने छन् पत्रकार सम्मेलनमा नेपाल खेलकुद पत्रकार मञ्च र नेपाल विज्ञापन संघबीच सम्झौता पनि भएको छ । मञ्चले गर्ने सम्पूर्ण कार्यक्रममा नेपाल विज्ञापन सङ्घ (आन) को सहयोग रहने र आनको सम्पूर्ण कार्यक्रममा मञ्चको सहयोग रहने गरी सम्झौता भएको हो । सम्झौता पत्रमा मन्त्रका अध्यक्ष महेश आचार्य र आनका अध्यक्ष रविन्द्रकुमार रिजालले हस्ताक्षर गरे । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू