अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३५ | Colorodo: 10:50

एनआरएन अमेरिकाको साधारण सभा तथा विज्ञ सम्मेलनको तयारी पुरा

बिआरटीनेपाल २०७५ वैशाख २० गते ८:२५ मा प्रकाशित

क्यालिफोर्निया (अमेरिका)- गैर आवासीय नेपाली सङ्घ एनआरएनए अमेरिकाको आठौँ वार्षिक साधारण सभा आउँदो जुन १६ र १७ तारिखमा क्यालिफोर्नियाको सानफ्रान्सीस्कोमा हुने भएको छ ।

साधारण सभाको अवसर पारेर क्षेत्रीय विज्ञ सम्मेलन पनि हुनेछ । एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टरको आतिथ्यतामा हुन लागेको साधारण सभा तथा विज्ञ सम्मेलनको तयारी पुरा भइसकेको एनआरएन अमेरिकाकी उपाध्यक्ष तथा कार्यक्रम तयारी समिति संयोजक उमा कार्की थापाले बताउनुभयो । उहाँका अनुसार साधारण सभा तथा विज्ञ सम्मेलन सम्पन्न गर्न विभिन्न समिति तथा उपसमितिहरू समेत बनाइएको छ ।

साधारण सभा तथा विज्ञ सम्मेलनका लागी नेपालबाट समेत उच्च ओहोदाका अधिकारीहरूलाई सहभागी गराउने प्रयास समेत भइरहेको बताइएको छ ।
सुन्दर नगरी सानफ्रान्सीस्कोमा हुन लागेको एनआरएन अमेरिकाको ८ औँ वार्षिक साधारण सभाम्ाँ सहभागिता जनाएर कार्यक्रम सफल बनाइदिन सबै एनआरएनमा अनुरोध गरिएको उपाध्यक्ष कार्की थापाले बताउनुभयो । विभिन्न क्षेत्रमा विज्ञ तर विदेशमा बसिरहेका नेपालीहरूले समृद्ध नेपालका लागी आ आफ्नो क्षेत्रबाट गर्न सक्ने योगदानका विषयमा छलफल गर्न अमेरिकामा क्षेत्रीय विज्ञ सम्मेलन गर्न लागिएको हो ।

एनआरएन आइसीसीको आयोजनामा विज्ञ सम्मेलन नेपालमा समेत आयोजना गरिने एनआरएन अमेरिकाका सञ्चार संयोजक बाल जोशीले जानकारी दिनु भएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू