अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२१ | Colorodo: 09:36

टेक्सस युएनए सम्मेलनको लागि शेष घले तथा जमुना घले आउने

विजय थापा २०७५ वैशाख २० गते ७:५० मा प्रकाशित

आगामी मे २६ र २७ तारिखमा युनाइटेड नेप्लिज एसोसिएसन (युएनए) को तेस्रो सम्मेलनमा गैर आवासीय नेपाली सङ्घ अन्तरराष्ट्रियका पूर्व अध्यक्ष शेष घले तथा वहाकि जीवन सङ्गिनी जमुना घले आउने भएका छन् । 

गत ३ वर्ष देखि सम्मेलन गर्दै आएको युएनएले यस पटक पनि अमेरिकाको टेक्सस ड्यालसमा गर्ने भएको छ । प्रथम सम्मेलन क्यालिफोर्नियामा गरेको थियो भने दोस्रो सम्मेलन टेक्ससको ड्यालस मै गरेको थियो ।

आगामी मे २६ र २७ तारिख मेमोरियल दिवस (स्मारक ) को अवसरमा दुई दिने सम्मेलन गर्ने भएको जानकारी युनाइटेड नेप्लिज एसोसिएसन (युएनए) संस्थापक पासांग लामा ले दिएका छन् ।

यस पटक टेक्सस दोहोरिएता पनि अर्को वर्ष न्यू योर्कमा हुने बताए । लामाले प्रदेश १ का मुख्य मन्त्री शेरधन राई लगायत केही सांसद पनि आउने जानकारी दिएका छन् ।

युवाको जिवनवृत्ति निर्देशनमा केन्द्रित यस सम्मेलनका क्रममा खेलकुद प्रतियोगिता, मनोरञ्जनात्मक कार्यक्रम, अभिमुखीकरण, गोष्ठी कार्यशाला, बालबालिका लक्षित विविध कार्यक्रम हुने छ ।

अस्ट्रेलिया कि ८ औ धनाढ्य महिला व्यवसायीमा पर्न सफल जमुना घले विशेष गरी महिला फोरम (मञ्च) ,तथा अस्ट्रेलिया कै व्यवसायमा जमेका शेष घले का उत्प्रेरणादायक आफ्ना कथा अनुभति आदि समेत वाणिज्य मञ्च (बिजिनेस फोरम) आदिमा श्रवण गर्ने सकिने छ । घले का यस्ता कुराहरू सुन्ने युवाहरूले पाउने भएका छन् ।

सांस्कृतिक कार्यक्रमको लागि प्रख्यात गायिका अन्जु पन्त आउने भएकी छिन् । मुलत अमेरिकामा जन्मेका दोस्रो पुस्ता तथा युवाहरू सम्भावनाका भण्डार भएकोले उनीहरूलाई प्राथमिकता दिँदै आएकोले उनीहरूलाई विशेष प्रकाश गरिने भएको छ ।

नेपाली समुदायका सदस्यहरूलाई मूलधारमा कसरी लग्ने , राजनीतिमा कसरी सहभागिता जनाउने ,मूलधारमा प्रवेश गरी राजनीतिमा कसरी आफ्नो पहिचान राख्ने आदी इत्यादि सचेतना ल्याउने काममा युनाइटेड नेप्लिज एसोसिएसन (युएनए)ले भूमिका निर्वाह गर्ने लामाले बताए । 

प्रतिक्रिया