अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१३ | Colorodo: 04:28

स्याक्रोमेन्टोमा पहिलो अन्तर्राष्ट्रिय नेपाली लायन्स क्लबको स्थापना

बिआरटीनेपाल २०७५ वैशाख २० गते ७:१० मा प्रकाशित

क्यालिफोर्नियाको राजधानी ऐतिहासिक नगरी स्याक्रोमेन्टोमा पहिलो पटक पहिलो अन्तर्राष्ट्रिय नेपाली लायन्स क्लबको स्थापना भएको छ ! उक्त संस्थाको चार्टर्स नाइट सेलेब्रेसन ( महोत्सव ) यही आउँदो मे २० तारिख आइतबारका दिन सभ्य र भव्य रूपले सम्पन्न हुन गई रहेको छ । सो समारोहमा नेपाली गीत, नृत्य र कला- कौशल समेत प्रदर्शन हुन गई रहेको छ ।

उक्त समारोहमा नेपाली मूलका डिस्ट्रिक्ट गभर्नर स्वनामधन्य राजेन थापाले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नु हुनेछ भने संस्थाका संस्थापक प्रथम अध्यक्ष डा: दुर्गा दाहालले स्वीकारोक्ति मन्तव्य दिँदै नवागन्तुक र नवप्रवेशी लायन्स हरूलाई स्वागत गर्नु हुनेछ । सो कार्यक्रममा निकटवर्ती जिल्लाका लायन्स समर्थक उच्च पदाधिकारीहरू र अनेपाली लायन्स हरूको समेत बाक्लो उपस्थिति रहने कुरा बुझिएको छ ।

अन्तर्राष्ट्रिय लायन्स क्लबका वरिष्ठ पदाधिकारी समेतले सम्बोधन गर्ने र क्यालिफोर्निया राज्यकी सिनेटर कमला एच हेरिसले समेत सम्बोधन गर्ने कुरा सुन्नमा आएको छ ।

1. President: Dr. Durga P Upadhyaya ( Durga Dahal, also known as Roger )
2. First Vice President : Ms. Shakuntala Acharya
3. Second Vice President : Dr. Murari Paudel
4. Secretary : Mr. Raj Shahi
5. Treasurer: Ms. Shanti Wagle

• Members
6. Dr. Peetambar Dahal
7. Dr. Mahesh Gautam
8. Mr. Niranjan Wagle
9. Mr. Prakash Poudel
10. Ms. Shruti Gautam
11. Ms. Tara Baral
12. Mr. Harihar Dahal
13. Mr. Ishwar Poudel
14. Ms. Piyush Dahal
15. Ms. Jamuna Bel Subedi
16. Mr. Babu Acharya
17. Mr. Suman Dahal
18. Mr. Mohan Poudel
19. Mr. Gitaram Neupane
20. Ms. Madhu Pokhrel
21. Ms. Urmila K Pokhrel
22. Ms. Ruchi Rajina Dahal

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू