अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२२ | Colorodo: 18:37

इरानमा भूकम्प, ८४ जना घाइते

बिआरटीनेपाल २०७५ वैशाख १९ गते १५:०१ मा प्रकाशित

तेहरान, इरानको पश्चिमी कोहगील र बोयेराहमाद प्रान्तमा भूकम्प गएको छ । स्थानीय समयानुसार बुधवार बिहान १०.३८ मा आएको भूकम्पमा परी कम्तीमा ८४ जना घाइते भएका छन् । यस भूकम्प ५.२ म्याग्नीच्युड मापन गरिएको र मानिसहरू त्रसित अवस्थामा रहेका इजना समाचार संस्थाले समाचार संप्रेषण गरेको छ ।

यस भूकम्पको केन्द्रबिन्दु भूकम्प प्रभावित क्षेत्रको नै आपपासमा आठ किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।

फेरी पनि भूकम्पको पराकम्प हुने आशङ्काले स्थानीय बासिन्दा सडक र खुल्ला ठाँउहरुमा भेला भएका छन् । उद्धारकर्ताहरुले घरमा कतैकोही पुरिएको छ की भनेर खोजी गरिरहेका छन् भने अहिले घरमा नजान र बाहिरै बस्न आह्वानसमेत गरिएको छ ।

मुख्य बजार क्षेत्रहरूका ठुलो क्षतिको कुनै विवरण नआएपनि ग्रामीण क्षेत्रमा भने सामान्य क्षति भएको पाइएको छ ।

भूकम्पका कारण सञ्चार सेवा र विद्युत् सेवा अवरुद्ध भएका छन् । त्यसै गरी केही सडकहरूमा पनि अवरोध भएका जनाइएको छ । भूकम्प प्रभावित क्षेत्रहरूमा उद्धार तथा राहतका लागि ठुलो सङ्ख्यामा स्वयमसेवकहरु पठाइएको छ ।

इरानको यही क्षेत्रमा सन् २०१७ को नोभेम्बरमा गएको ७.३ म्याग्नीच्युडको भूकम्पका कारण कम्तीमा ५३० जनाको मृत्यु हुनुको साथै आठ हजार घाइते भएका थिए । रासस/सिन्ह्वा Photo: google

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू