अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१४ | Colorodo: 01:29

पार्टी एकीकरण अन्तिम चरणमा: अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७५ वैशाख १९ गते १४:४१ मा प्रकाशित

काठमाडौँ,  नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा(एमाले)सँगको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभएकोे छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पार्टी सचिवालय बैठकमा एकताका अधिकांश विषय अन्तिम चरण पुगेको अध्यक्ष प्रचण्डले बताउनुभएको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयोे । एकताका विषयमा धेरै विषय मिल्दै गएको र बाँकी रहेका विषयलाई बिहीबार दुई अध्यक्षबिच छलफल गरेर अन्तिम रूप दिने चरणमा पुगेको अध्यक्ष प्रचण्डको भनाइ थियो ।

बैठकमा उहाँले एकतालाई सबै तहमा मिलाएर लैजानका लागि सङ्गठनलाई सुदृढ गर्नसमेत बैठकमा निर्देशन दिनुभएको थियो । प्रवक्ता भुसालका अनुसार तलैसम्म कमिटीलाई चुस्त बनाउन र पार्टी सदस्य नवीकरणसहित सङ्गठनलाई अध्यावधिक गर्न पनि उहाँले निर्देशन दिनुभयो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू