अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४१ | Colorodo: 01:56

नेपाल इन्जिनियरिङ कलेजका संस्थापक सञ्चालक लम्बोधर न्यौपानेलाई कारवाही गर्न नेपाल विद्यार्थी संघको माग

बिआरटीनेपाल २०७५ वैशाख १९ गते ९:०२ मा प्रकाशित

भक्तपुर। नेपाल विद्यार्थी सङ्घले नेपाल इन्जिनियरिङ कलेजका संस्थापक सञ्चालक लम्बोधर न्यौपानेलाई कारबाही गरी सञ्चालक समितिबाट निष्कासन गर्न माग गरेको छ ।

पोखरा विश्वविद्यालय केन्द्रीय समन्वय समितिका नेविसंघ संयोजक एवं केन्द्रीय सदस्य नवराज त्रिपाठीको नेतृत्वमा आएको विद्यार्थीको टोलीले  भक्तपुरमा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेललाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो । २०६० साल भदौ ४ गते जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सामाजिक संस्थाका रूपमा दर्ता भएको कलेजलाई निजीकरण गर्ने न्यौपानेसहित अन्य सञ्चालकलाई कारबाही गर्न माग गरिएको छ ।

यस संस्थालाई जोगाउन जिल्ला प्रशासन कार्यालयले हस्तक्षेप गर्न माग गर्दै विद्यार्थीहरूले कलेजभित्र भएका अनियमित गतिविधि र कानुन विपरीत कार्यको छानबिन गर्न समेत माग गरेका छन् । साथै यस कलेजलाई पोखरा विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन सुझावसमेत दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू